5 years ago
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ शीर्षस्थानमा उक्लदै फाइनल पुग्ने सम्भावना जीवित बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा डायमन्डले पुलिसमाथि ३–० कोसोझो सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा डायमन्डले पहिलो सेटमा २५–२२ ले जितेको दोस्रो सेटमा पनि २५–२२ को जित निकालेको डायमन्डले तेस्रो सेटमा २५–१६ को जितमा निकाल्यो ।
जितपछि डायमन्डको ५ खेलबाट १० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एपिएफको पनि १० अंक नै छ । आर्मी र पुलिसको समान ८ अंक छ । भरतपुर महानगर खेलकुद परिषद र ढोरपाटन स्पोर्ट्स क्लब लिग चरणबाट बाहिरिएको छ । यस्तै मंगलबारै भएको अर्काे खेलमा नेपाल एपिएफ क्लबले भरतपुर महानगर खेलकुद परिषदलाई २५–१३, २५–७ र २५–९ को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित बनाएको छ ।
अब बुधबार हुने लिग चरणको अन्तिम खेलमा आर्मी र पुलिस तथा डायमन्ड र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिगमा मंगलबार महिलातर्फ एपिएफ र भरतपुर तथा न्य डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ एपिएफ र पुलिस, हेल्प नेपाल र आर्मी तथा बुलबुले र मणिमुकुन्दबीच प्रतिस्पर्धा हुनेछ ।
लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]