5 years ago
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबलाई हराएसँगै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।

हेल्प नेपालले एक खेल बाँकी छदै फाइनलमा स्थान पक्का गरेको हो । हेल्प नेपालले लिगको अन्तिम खेलमा बुधबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । उक्त खेलमा हार बेहोरेपनि हेल्प नेपाललाई फाइनल यात्रामा प्रभाव पार्ने छैन । अपराजित रहेको हेल्प नेपालको ५ खेलबाट १५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबको १० अंक छ । आर्मीको ९ अंक छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा शुरुवात देखि नै अग्रता लिएको हेल्प नेपालले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा आर्मीले चुनौती दिएपनि हेल्प नेपालले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।
सुरुवातमा पछि परेको आर्मीले हेल्प नेपाललाई ६–६ को बराबरी गर्न सफल भएको थियो । १२–१२ को अवस्थाबाट हेल्प नेपालले अग्रता लिदै दोस्रो सेट आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट हेल्प नेपालले २५– १६ ले सहजै आफ्नो पक्षमा पार्दै आर्मीलाई सोझो सेटमा पाखा लगायो ।

त्यसअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले एपिएफमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलको सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाएपनि निर्णायक सेटमा जित हात पारेको थियो ।
प्रतिस्पर्धात्मक पहिलो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा पुलिसले २५–२३ को जित निकाल्दै जित नजिक पुगेपनि पुलिसले तेस्रो र चौथो सेट २०–२५ र १७–२५ ले गुमाएको थियो । निर्णायक सेटमा १५–१३ को संघर्षपुर्ण जित निकाल्यो ।
महिलातर्फ भने होंगान्जी न्यू डायमन्डले पुलिसमाथि ३–० कोसोझो सेटमा जित निकालेको थियो । एकपक्षीय खेलमा डायमन्डले पहिलो सेटमा २५–२२ ले जितेको दोस्रो सेटमा पनि २५–२२ को जित निकालेको डायमन्डले तेस्रो सेटमा २५–१६ को जितमा निकाल्यो ।

जितपछि डायमन्डको ५ खेलबाट ११ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एपिएफको पनि ११ अंक नै छ । आर्मी र पुलिसको समान ८ अंक छ । भरतपुर महानगर खेलकुद परिषद र ढोरपाटन स्पोर्ट्स क्लब लिग चरणबाट बाहिरिएको छ । यस्तै मंगलबारै भएको अर्काे खेलमा नेपाल एपिएफ क्लबले भरतपुर महानगर खेलकुद परिषदलाई २५–१३, २५–७ र २५–९ को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित बनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् ।
दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]