5 years ago
April 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठले राष्ट्रिय खुला यु–१२ टेबल टेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा मंगलबार पहिलो भएका छन् । उज्ज्वल छात्र तथा शुभश्री छात्रातर्फ पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोश्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेश्रो भए । काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रामा नर्बदा खाइतु दोश्रो तथा कृस्तिना थापा र अनामिका कस्ती तेश्रो बने ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, टेबलटेनिस संघका केन्द्रीय प्रथम उपाध्यक्ष समेत रहेका आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्य र टेबलटेनिसका मुख्य प्रशिक्षक सन्जिव ढुंगेलले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
विश्व टेबलटेनिस दिवसका अवसरमा आयोजित प्रतियोगिताको छात्रमा ३० तथा छात्रामा २० खेलाडी सहभागी थिए । समापनका अवसरमा विजेता खेलाडीले विश्व टेबलटेनिस दिवस मनाउने क्रममा केक पनि काटेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]