5 years ago
April 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम उपाधिको बलियो दावेदार नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पहिलो सेटमा डायमन्ड २५–२१ ले विजयी भएको थियो । सुरुवाती समयमा ४ अंकले पछि रहेको डायमन्डले १४–१४ को बराबरीबाट अग्रता लिदै जित हात पारेको थियो ।
दोस्रो सेटमा राम्रो सुरुवातसहित अंक बटुलेको डायमन्डले २२–१९ को अग्रता लिदै जितनजिक पुगेपनि लगातार अंक गुमाएपनि २६–२४ को जित निकाल्न सफल भएको थियो । तेस्रो सेटमा कमजोर प्रदर्शन गरेको डायमन्डले १४–२५ ले सेट गुमाएको थियो । चौथो सेटमा सुरुवातमा पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।
डायमन्डले ५ खेलबाट १३ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पुलिसले ५ खेलबाट ११ अंक जोड्यो । अब उपाधिका लागि बिहीबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले बुधबारै आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुग्न सफल भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]