5 years ago
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ ।

स्पिन इभेन्ट प्रालिको आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको देशव्यापी अन्तर वडा खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेर वडाको गौरव बढाएको भन्दै अमरलाई सम्मान गरिएको हो । अमर सोही वडा निवासी हुन् । २ सय ५६ खेलाडी सहभागी पुरुष सिंगल्स स्पर्धामा अमरले ८ खेलाडीलाई हराउने क्रममा फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।
वडा २५ का अध्यक्ष निलकाजी शाक्य, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, भेडासिं परिवारका सभापति दीपककुमार श्रेष्ठलगायतले अमरलाई खादा, प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । २५ वर्षको करियरमा इन्चोन र जाकर्ता एसियाडमा सहभागिता जनाइसकेका अमरले चीन र जर्मनीमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरिसकेका छन् ।

अमर १२ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टिम इभेन्टका कांस्य विजेता हुन् । राष्ट्रिय प्रतियोगितामा अमरले हासिल गरेको सबै भन्दा ठूलो उपब्धि तेश्रो हुने हो । सोही अवसरमा वडा २५ बाटै सोही प्रतियोगितामा सहभागी रजत जितेका शंकर पहरी र कांस्य जितेकी कृष्तिना थापालाई पनि नगदसहित सम्मान गरिएको थियो ।
अमरका व्यक्तिगत प्रशिक्षक एवं त्यसै प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पहिलो स्थान हात पारेका रञ्जन सुब्बा पनि नगदसहित सम्मानित भए । अमरलाई ए डिभिजन फुटबल लिग विजेता मच्छिन्द्र क्लबले पनि सोही कार्यक्रममा नगदसहित पुरस्कृत गरेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]