default_image

3 years ago

April 14, 2021

सुमिना पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् । पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासंग पराजित भएकी हुन् । तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् ।

पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासंग पराजित भएकी हुन् । तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

प्रतियोगितामा नेपालबाट सुमिनासहित २ खेलाडी सहभागी छन् । महिला ४८ केजीमा सुष्मा तामाङ वाइ पाएर दोश्रो चरणमा प्रवेश गरेकी छन् । सुमिनाले अप्रिल १७ तारिखमा लिथुआनियाकी खेलाडीसंग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष उमार क्रिमलेमले उद्घाटन गरेका थिए । प्रतियोगितामा ५२ राष्ट्रका २ सय ७४ पुरुष र १ सय ४० महिला खेलाडीको सहभागिता रहेको प्रवक्ता अवालेले जनाएका छन् ।

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

April 6, 2024

एन्फा महासचिव राई विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि एन्फामा भ्रष्टाचार र अनियमितताको‌ आरोप लागेको‌ छ । एन्फाको जिल्ला फुटबल संघ गोरखाका सदस्य अमित खत्रीले महासचिव राई विभिन्न शीर्षकमा अनियमितता संलग्न भएको आरोपसहित शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानविनको माग गर्दै उजुरी दर्ता गरेका छन् । खत्रीले एन्फामा र भ्रष्टाचार र वेथिति […]

Success

Thank you for your time.