5 years ago
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ ।

अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सुष्मा तामाङ ४८ केजीमुनि क्वाटरफाइनलसम्म पुगेकी थिइन् । पहिलो चरणमा बाइ पाएकी सुष्माले प्रिक्वाटरफाइनलमा लिथुवानियाकी खेलाडीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् ।
क्वाटरफाइनलमा सुष्मा आयोजक राष्ट्र पोल्यान्डकी खेलाडीसंग चुकेकी थिइन् । पोल्यान्डकी खेलाडीले प्रतियोगितामा रजत जितिन् । यसअघि उक्त प्रतियोगितामा कुनैपनि नेपाली खेलाडी क्वाटरफाइनल पुग्न नसकेको नेपाल बक्सिङ संघले जनाएको छ । सुमिना खड्का ५४ केजीमुनि बेलारुसकी खेलाडीसँग पहिलो चरणमै पराजित भइन् । प्रशिक्षकमा ओम मास्के रहेका छन् ।
टोलीलाई नेपाल बक्सिङ संघका सदस्यद्वय पुस्करराज पन्त र मानबहादुर भण्डारी, बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, गोन्झाव एसियाडमा नेपाललाई एक्लो पदक दिलाएका बक्सिङका दीपक महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]