default_image

5 years ago

May 4, 2021

आइपिएल स्थगित हुँदा समस्यामा अष्ट्रेलियाका खेलाडी

254 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएसँगै अष्ट्रेलिया खेलाडी, प्रशिक्षक, कमेन्टेर र अफिसल समस्यामा परेका छन् ।

एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि मध्य सिजनमा मंगलबार आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ । चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादका टोलीका सदस्यलाई कोरोना देखिएपछि आइपिएल स्थगित भएको हो । अष्ट्रेलिया खेलाडी ठूलो समस्यामा परेका छन् ।

आइपिएल स्थगित भएसँगै विदेशी खेलाडी स्वदेश फर्कनु पर्ने हुन्छ । तर अष्ट्रेलिया सरकारले भारतबाट आउने आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियाले आगमी मे १५ सम्म भारतबाट आउने सम्पूर्ण उडान बन्द गरेको छ । भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्ष जेल हुने अष्ट्रेलिया सरकारले चेतावनी दिइसकेको छ । यो अवस्थामा अष्ट्रेलिया खेलाडी ठूलो समस्यामा पर्ने छन् ।

अष्ट्रेलियाले भारतसँगको उडान सबैमा रोक लगाएको छ । इंग्ल्यान्डले भने अनुमति दिएको छ । तर १० दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ । जस अवधिमा हरेकले दुई पटक कोरोना परिक्षण गर्नुपर्ने हुन्छ । न्युजिल्यान्डले पनि आफ्नो नागरिकलाई आवागमनको अनुमति दिएको छ । तर १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकाले सबैलाई अनुमति दिएको छ । बंगलादेशले १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने जनाएको छ ।

आइपिएलमा अष्ट्रेलियाका १४ खेलाडीसहित कुल २४ जना छन् । दुई साताअघि नै रोयल च्यालेन्जर्स बेंगलोरका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर केन रिचर्ड्सन र राजस्थान रोयल्सका एन्ड्र्यू टाई अष्ट्रेलिया फर्किएका थिए । यसै हप्ता मुम्बईका खेलाडी क्रिस लिनले आफूलाई प्लेन चार्टर उडान आफूलाई लैजान माग गरेका थिए । अष्ट्रेलिया क्रिकेटले यस सम्बन्धी कुनै योजना नभएको जनाएको थियो ।

अब आइपिएल स्थगित भएसँगै अष्ट्रेलिया खेलाडी अस्थायी रुपमा माल्दिभ्स जाने सम्भावना छ । त्यहाँ अस्थायी रुपमा बसेपछि अष्ट्रेलिया फर्किन सक्छन् ।

आइपिएलमा अष्ट्रेलिया खेलाडी, प्रशिक्षक र अफिसियल

चेन्नई सुपर किंग्स : जेसन बेहरनडर्फ अफिसियल : माइकल हसी

दिल्ली क्यापिटल्स : स्टिभ स्मिथ, मार्कस स्टोइनिस तथा अफिसियल : रिकी पोन्टिङ (मुख्य प्रशिक्षक), जेम्स होप्स

कोलकाता नाइट राइडर्स : प्याट कमिन्स, बेन कटिङ, अफिसियल : डेविड हसी

मुम्बई इन्डियन्स : नाथन कुल्टर नाइल र क्रिस लिन

पन्जाब किंग्स : मोइजेस हेनरिक्स, झेय रिचर्ड्सन र राइली मेरिडीथ, अफिसियल : डामेन राइट

रोयल च्यालेन्जर्स बेंगलोर : ग्लेन म्याक्सवेल, ड्यानियल क्रिष्टियन, ड्यानियल साम्स अफिसियल : सिमन कटिच (मुख्य प्रशिक्षक), एडम ग्रिफिथ

सनराइजर्स हैदराबाद : डेविड वार्नर अफिसियल : टम मुडी, ट्रेभर बेलिस (मुख्य प्रशिक्षक) र ब्राड हेडीन

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.