4 years ago
June 14, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरी जोशीको निधन भएको छ । ललितपुर पाटन सुन्धारका जोशीको ६३ वर्षको उमेरमा आइतबार साँझ हृदयघातका कारण मृत्य भएको बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी दिएका थिए ।
हृदयघात भएपछि बिएण्डबी लैजाने क्रममा उनको मृत्यु भएको हो । आठ वर्ष बुद्धिचाल संघको अध्यक्ष रहेका जोशी एक दशक यता अन्तर्राष्ट्रिय बुद्धिचाल संघको इथिक्स कमिटीको सदस्य रहेका थिए ।
नेपाल बुद्धिचाल संघको दुई कार्यकाल ८ बर्ष अध्यक्षको जिम्मेवारी लिएका जोशीको कार्यकाल नेपालको बुद्धिचाल खेल विकास र विस्तारको लागि महत्त्वपूर्ण कदम चालेका थिए । उनी सन् २०१४ मा नर्वेमा भएको फिडे काँग्रेसबाट विश्व बुद्धिचाल महांघको कार्यसमिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका थिए ।
सन् २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोस्रो कार्यकालको लागि पुनः अनुसाशन आयोगमा निर्वाचित भएका थिए । जोशीको अन्तिम संस्कार मंगलबार गरिने महर्जनलेल जानकारी दिए । जोशीकी श्रीमती, एक छोरी र एक छोरा छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]