default_image

4 years ago

June 23, 2021

जर्मनीलाई हंगेरीको चुनौती

180 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ‘एफ’ को अन्तिम चरणको खेलमा आज राति जर्मनीले हंगेरी तथा पोर्चुगलले फ्रान्ससँग खेल्दैछ ।

जर्मनी र हंगेरीबीचको खेल एलिएन्ज एरिना म्युनिख जर्मनीमा तथा पोर्चुगल र फ्रान्सबीचको खेल पुस्कास एरिना बुढापेस्ट हंगेरीमा हुनेछ । दुवै खेल एकै समय अर्थात नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

ग्रुप अफ डेथ मानिएको यो समूहबाट फ्रान्सले मात्रै नकआउट चरणमा स्थान पक्का गर्दा अन्य तीन टोलीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना जीवित छ । हंगेरीलाई हराउन सके जर्मनी अर्को चरणमा प्रवेश गर्नेछ । बराबरी खेलेको अवस्थामा अर्काे खेलमा फ्रान्सले नहारे पनि जर्मनी अघि बढ्नेछ ।

जर्मनीले जितेर फ्रान्सले जित्न नसकेको अवस्थामा जर्मनी शीर्षस्थानमा पुग्नेछ । जर्मनीले बराबरी गरेर फ्रान्सले हारे अथवा जर्मनी र पोर्चुगल दुवैले हारे जर्मनी तेस्रो स्थानमा पुग्नेछ । यस्तो अवस्थामा समूहको उत्कृष्ट तेस्रो टोलीको रुपमा जर्मनीको सम्भावना रहनेछ ।

जर्मनी अन्य समिकरण नहेरी आफ्नो खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । पोर्चुगलविरुद्ध प्रभावशाली प्रदर्शन गरेको जर्मनीले सोही अनुरुपको खेल पस्कदै हंगेरीलाई हराउने लक्ष्यमा हुनेछ ।

पोर्चुगललाई ४–२ ले हराउँदा नायक बनेका रोविन गोसेन्स, काई हाभर्टज, योसुवा किम्मिख, सर्ज गिनाब्री, टोनी क्रुस, इल्केए गुन्डोगान र गोलरक्षक म्यानुयल नुएर टोलीमा रहेका छन् । यस्तै एन्टेनियो रुडिगर, म्याट हमेल्स र म्याथियस जिन्टर टोलीमा रहँदा थोमस मुलरले चोटका कारण खेल्ने सम्भावना न्युन छ ।

यता, हंगेरीलाई समूहमा दोस्रो भएर अघिल्लो चरण प्रवेश गर्न आफुले जितेर मात्रै पुग्दैन पोर्चुगलले अंक गुमाउनु पर्नेछ । हंगेरी जितेर फ्रान्स हारे दोस्रो स्थान गोल अन्तरले निर्धारण हुनेछ । हंगेरीले जितेर अर्को खेल बराबर भए हंगेरीले तेस्रो स्थान हासिल गर्दा पोर्चुगल समूह चरणबाटै बाहिरिने छ ।

विश्वविजेता फ्रान्सलाई १–१ गोलको रोक्दै बहादुरी देखाएको हंगेरी सोही नतिजालाई जर्मनीविरुद्धको खेलमा पनि दोहोर्‍याउन चहान्छ । जर्मनीविरुद्ध हंगेरीले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिन सक्नेछ ।

यसमा रोलान्ड सल्लाई, नेमान्जा निकोलिक, एटिल्ला फिओला, लोइस नेगो, एटिल्ला स्जलाई, विल्ली ओर्वान, इन्ड्रे बोट्का र सुरुवाती दुवै खेलमा प्रभावशाली प्रदर्शन गरेका गोलरक्षक पिटर गुलाक्सी टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो एक खेलमा जर्मनी २–० ले विजयी भएको छ । २०१६ पछि यि दुई टोली पहिलोपटक आमने सामने हुन लागेको हो ।

यो पनि : पोर्चुगल विरुद्ध फ्रान्स : यस्तो छ इतिहास

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.