default_image

4 years ago

June 23, 2021

पोर्चुगल विरुद्ध फ्रान्स : यस्तो छ इतिहास

301 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफको अन्तिम खेलमा साविक विजेता पोर्चुगलले फ्रान्सको सामना गर्दैछ । अघिल्लो संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक एकै समूहमा परेका हुन् ।

सन् २०१६ को युरो फाइनलमा पोर्चुगलले अतिरिक्त समयमा फ्रान्सलाई पराजित गरेको छ । उक्त खेलमा एडरले गरेको गोलसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो उपाधि जितेको थियो । फ्रान्सले भने फाइनलमा पराजित भएपछि घरेलु मैदानमा दोस्रो र समग्रमा तेस्रो पटक युरो जित्ने अवसर गुमाएको थियो ।

त्यसपछि फ्रान्स र पोर्चुगलले सन् २०२० को यूईएफए नेसन्स लिगमा खेलेका थिए । फ्रान्सले यहाँ भने पोर्चुगलविरुद्ध २ खेलमा ४ अंक जोड्दै अन्तिम चरणमा स्थान बनाएको थियो । साविक विजेता पोर्चुगल भने समूह चरणमा नै सिमित भएको थियो ।

युरो २०१६ को फाइनलअघि फ्रान्सले पोर्चुगलमाथि लगातार १० खेलमा जित हासिल गरेको थियो । उक्त खेलमा कप्तान रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएपछि पोर्चुगल कमजोर हुने आँकिएको थियो । तर १ सय ९ औं मिनेटमा एडरले गोल गर्दै उपाधि दिलाए । त्यो गोल नै हालसम्म पोर्चुगलका लागि एडरको एकमात्र गोल हो ।

फ्रान्स र पोर्चुगलले हालसम्म २७ खेल खेलेका छन् । जसमा १९ खेलमा फ्रान्स विजयी भएको छ भने पोर्चुगलले ६ खेल जितेको छ । २ खेल बराबरीमा सकिएका छन् । पछिल्लो पटक यी दुई टोलीले नेसन्स लिग अन्तर्गत ११ अक्टोबर २०२० मा खेलेका थिए । घरेलु मैदानमा एनगोलो कान्टेले गरेको गोलमा फ्रान्स १-० ले विजयी रहेको थियो ।

पोर्चुगलका कप्तान रोनाल्डोले युरोमा सर्वाधिक २३ खेल खेलेका छन् । यसक्रममा १२ गोल गर्दै उनले सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाम गरेका छन् । जारी प्रतियोगितामा उनले हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरिसकेका छन् । उनको नजर अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमानमा छ । उनी १ सय ९ गोल गरेका इरानका अली दाइभन्दा २ गोलले मात्र पछाडी छन् ।

युरो २०१६ को फाइनलमा रहेका ११ खेलाडी अहिले पनि पोर्चुगलको टोलीमा छन् । फ्रान्समा भने त्यसबेलाका ५ खेलाडी मात्र छन् । सन् २०१८ को विश्वकप जित्दाका १४ खेलाडी भने टोलीमा छन् ।

यो पनि : महारथी मोड्रीच

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.