4 years ago
June 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनको (इसिए) टिमले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्टस् एण्ड इन्भारमेन्ट कमिसनको संयोजनमा विद्यार्थीलाई ओलम्पिकबारे जानकारी दिन भर्चुअलमार्फत कार्यक्रम आयोजना गरेको छ ।

ओलम्पिक के हो । यो किन आयोजना गरिन्छ ? यो चाख लाग्दो समयमा के हुन्छ । जुन प्रत्येक चार वर्षमा एकपटक आयोजना हुन्छ, जहाँ हजारौ एथलिट, विभिन्न ३५ खेल र हजारौ पदकका लासग प्रतिस्पर्धा हुन्छन् । यही बारेमा जानकारी दिने उद्देश्यले बृहस्पतिको इसिए टिमले शुक्रबार यो कार्यक्रमको आयोजना गरेको हो ।
प्रमुख वक्ताको रुपमा नेपाल ओलम्पिक कमिटि (एनओसी) का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, स्पोर्टस् एण्ड इन्भारमेन्ट कमिसनको अध्यक्ष, पुर्व अन्तर्राष्ट्रिय टेवल टेनिस खेलाडी तथा पुर्व एसएसपी गोवर्धन श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी, पहिलो महिला रेफ्री, एथोट नेपालका अध्यक्ष र महिला तथा खेल आयोगका बिमला संग्रौला, टेवल टेनिसका सफ्ट गोल्ड मेडलिस्ट गीता शाहसँगै राष्ट्रिय खेलाडीहरुले ओलम्पिकबारे चर्चा गरेका थिए । भर्चुअल कार्यक्रममा विद्यार्थीहरुले ओलम्पिक खेल, टोकियो ओलम्पिक, वातवरण र खेलहरुबीचको सम्वन्धमा बुझ्ने प्रयास गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]