4 years ago
July 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका दुई खेलाडीलाई बुधबार बधाई तथा शुभकमनासँगै सम्मान प्रदान गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ओलम्पिकलाई छनोट हुन सफल दुई खेलाडीलाई बधाई तथा शुभकामना प्रदान गर्दै सम्मान स्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे ।
प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म संगठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए । ‘ओलम्पिकमा सहभागी हुन पाउनु सेना र राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । सैनिक खेलाडीलाई खेलविधामार्फत नेपाल र नेपालीको प्रतिष्ठा बढाउने अवसर प्राप्त भएको छ ।’ प्रधानसेनापति थापाले भने ।
सरस्वती भट्टराईले १०० मिटर स्पिन्टमा तथा कल्पना परियारले १० मिटर एयर राइफलमा नेपालको चुनौती पेश गर्नेछन् । दुवै सेनामा सिपाही दर्जामा रहेका छन् । ट्रयाक एन्ड फिल्डकी सरस्वतीले अन्तिम समयमा टोकियो ओलम्पिकको लागि वाइल्ड कार्ड प्राप्त गरेका थिइन् ।
यसअघि एपिएफकी गोपीचन्द्र पार्कीले म्याराथनमा सहभागिता जनाउने पक्का पक्की जस्तै थियो । तर, उनी अन्तिम समयमा ओलम्पिकबाट वञ्चित बन्न पुगे । टोकियो ओलम्पिकमा सरस्वती र कल्पनासँगै पौडीकी गौरिका सिंह र एलेक्सजन्डर शाह र जुडोकी सोनिया भट्टले खेल्नेछिन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]