default_image

4 years ago

July 11, 2021

बक्सिङ छनोट सुरु

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र जुनियरमा २–२ गरी ४ स्पर्धामा खेल भइरहेको छ । पुरुष-महिलाको संख्या यकिन नभएपनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।

उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने अध्यक्ष अवालेले जानकारी गराए । प्रतियोगिता अगष्ट १७ देखि ३१ तारिखसम्म दुबइमा हुँदै छ । पहिलो दिन युथतर्फ पुरुष ६० केजीमा भूपु बक्सिङ, कास्कीका निश्चल गुरुङले रोल्पाका गौतम पुन मगरलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे ।

जुनियर पुरुषको ५७ केजीमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्ठलाई हराउदै फाइनलमा पुगे । युथको पुरुष ५४ केजीमा झापाका प्रवीण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पन्छ्याउदै फाइनलमा पुगे ।

युथको पुरुष ६० केजीमा बाँकेका इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पाखा लगाए । युथको महिला ४८ केजीमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई निराश पार्दै फाइनलमा स्थान सुरक्षित गरिन् ।

जुनियरतर्फ पुरुष ५० केजीमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापा, ५४ केजीमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराज तथा ७५ केजीमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई फाइनलमा पराजित गरे ।

जुनियर महिलाको ५० केजीमा मकवानपुरकी रोशनी घलानले दमककी अनिशा खवास तथा ५४ केजीमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई फाइनलमा पाखा लगाए । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.