default_image

3 years ago

July 16, 2021

महिला भलिबल टोलीको प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टका कारण नेपाल २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएपछि नेपाल भलिबल संघले प्रशिक्षण स्थगित गरेको जानकारी गराएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टका कारण नेपाल २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएपछि नेपाल भलिबल संघले प्रशिक्षण स्थगित गरेको जानकारी गराएको छ ।

कोभिड १९ को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको संघले जानकारी दिएको छ ।

कोरोनाको नयाँ भेरिएन्टका कारण आयोजक फिलिपिन्सले नेपाल र भारतलाई रेड जोनमा राखेको थियो । अन्तिम समयमा जापान र हङकङ पनि प्रतियोगिताबाट वञ्चित हुन पुगेको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ‘ए’ मा आयोजक फिलिपिन्स, काजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

सुरुवातमा १७ टोली सहभागी हुने भनेपनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीको नाम पक्का भएको थियो । तर एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम छैन । च्याम्पियनसिप भदौ १३ देखि १८ सम्म आयोजना हुँदैछ ।

पहिलोपटक च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपालले १ असारदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । अब बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघका कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङ र महासचिव जितेन्द्र बहादुर चन्दद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

नेपालले अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा २७ खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणमा १८ सदस्यीय टोलीको घोषणा गरेको थियो । प्रारम्भिक चरणमा परेका विभागीय नेपाल पुलिस क्लबका तीन खेलाडी प्रशिक्षणमा उपस्थित थिएनन् ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट, प्रशिक्षक कुमार राई, भरत यादव र ट्रेनी अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका थिए । फिजियोमा उज्वल डोटेल र टिम व्यवस्थापकमा ज्याति केसी रहेकी थिइन् ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.