default_image

4 years ago

July 27, 2021

चीनलाई उछिन्दै आयोजक जापान पदक तालिकाको शीर्षस्थानमा

185 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को तेस्रो दिनको खेल सकिदा आयोजक जापान पदक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

शुरुवाती दुई दिन चीन अग्रस्थानमा रहेपनि तेस्रो दिन चीनले कुनै स्वर्ण जित्न नसकेपछि जापानले अग्रता लिएको हो । शुरुवाती दुई दिन दोस्रो स्थानमा रहेको जापानले तेस्रो दिन जापानले तेस्रो दिन तीन स्वर्ण थप्दै चीनलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

जापानले तेस्रो दिनसम्म ८ स्वर्ण, २ रजत र ३ कास्य थप्दै आफ्नो पदक सङ्ख्या १३ पु¥याएको छ । दोस्रो स्थानमा उक्लिएको अमेरिकाले तेस्रो दिनसम्म ७ स्वर्ण, ३ रजत र ५ कास्य जित्दै पदक सङ्ख्या १४ पु¥याउँदै दोस्रो स्थानमा उक्लिएको हो । तेस्रो दिन स्वर्ण जित्न नसकेको चीनले ३ रजत र ३ कास्य मात्रै जित्दै पदकसङ्ख्या १७ पु¥याएपनि पदक तालिकामा तेस्रो स्थानमा झरेको छ ।

रसियन खेलाडीको टोली (आरओसी) ले ४ स्वर्ण, ५ रजत र ३ कास्यसहित १२ पदक जित्दै चौथो स्थानमा उक्लदा इंग्ल्यान्ड ३ स्वर्ण, ३ रजत र १ कास्यगरी कुल ७ पदकसहित शीर्ष पाँचमा अटाएका छन् । दक्षिण कोरियाले ३ स्वर्ण र ४ कास्यगरी कुल ७ पदक हात पार्दै छैटौ स्थानमा रहेको छ । अष्ट्रेलिया २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक जितेर सातौ स्थानमा रहँदा कोसोभो २ स्वर्णसहित आठौं स्थानमा रहेको छ ।

इटाली, फ्रान्स, क्यानडा, हंगेरी, ट्युनिसिया, क्रोएसिया, स्लोभेनिया, अष्ट्रिया, इक्वेडर, हङकङ, इरान, नर्वे, फिलिपिन्स, थाइल्यान्ड र उज्वेकिस्तानले समान १–१ स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म २४ राष्ट्रले स्वर्ण जित्दा ५२ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.