default_image

3 years ago

July 30, 2021

चीन पदक तालिकामा शीर्षस्थानमा फर्कियो

एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को छैटौ दिनको खेल सकिदा पदक तालिकाको शीर्षस्थानमा फर्किएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेका थिए । चीनले बिहीबार ३ स्वर्ण जित्दै शीर्षस्थानमा पूनरागमन गरेका हुन् । समान १५ स्वर्ण नै जितेपनि जापान […]

47 views

0 Bookmark

एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को छैटौ दिनको खेल सकिदा पदक तालिकाको शीर्षस्थानमा फर्किएको छ ।

शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेका थिए । चीनले बिहीबार ३ स्वर्ण जित्दै शीर्षस्थानमा पूनरागमन गरेका हुन् । समान १५ स्वर्ण नै जितेपनि जापान अन्य पदकमा पछि दोस्रोमा झरेको छ । चीनले बिहीबारसम्म १५ स्वर्ण, ७ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ ।

जापानले १५ स्वर्ण, ४ रजत र ६ कास्यसहित २५ पदक जितेको छ । १४ स्वर्ण, १४ रजत र १० कास्यगरी कुल ३८ पदक जितेको अमेरिका तेस्रो स्थानमा यथावत रहेको छ । रसियन खेलाडीको टोली (आरओसी) ८ स्वर्ण, ११ रजत र १९ कास्यसहित २८ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ ।

बुधबारसम्म ३ स्वर्ण जितेको अष्ट्रेलियाले बिहीबार थप ५ स्वर्ण जित्दै पाँचौ स्थानलाई थप पकड बनाएको छ । अष्ट्रेलियाले ८ स्वर्ण, २ रजत र १० कास्यगरी कुल २० पदक हात पारेको छ । इंग्ल्यान्ड ५ स्वर्ण, ७ रजत र ६ कास्यगरी कुल १८ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ४ स्वर्ण ३ रजत र ५ कास्यगरी कुल १२ पदक हात पार्दै सातौ स्थानमा रहेको छ ।

फ्रान्स, जर्मनी र इटाली शीर्ष १० मा रहेका छन् । ३ स्वर्ण, ५ रजत र ३ कास्यगरी कुल ११ पदक जित्दै फ्रान्सले एक स्थान सुधार गर्दा जर्मनी एक स्थान तल झरेको छ । जर्मनीले ३ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल १३ पदक जितेको छ ।

इटाली २ स्वर्ण, ७ रजत र १० कास्यगरी कुल १९ पदक जित्दै शीर्या १० मा उक्लिएको छ । नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभोले समान २ स्वर्ण जितेका छन् ।

ब्राजिल, स्वीट्जरल्यान्ड, रोमानिया, चाइनिज ताइपेइ, चेक रिपब्लिक, न्युजिल्यान्ड, जर्जिया, सर्विया, अष्ट्रिया, हङकङ, ट्युनिसिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, लात्भिया, नर्वे, फिलिपिन्स, स्लोभेनिया र थाइल्यान्डले समान १ स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ३४ राष्ट्रले स्वर्ण जित्दा ६६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.