4 years ago
July 30, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा ब्राजिलले अमेरिकालाई पराजित गरेको छ । शुक्रबार भएको समूह चरणको तेस्रो खेलमा ब्राजिलले अमेरिकामाथि ३–१ को सेटमा जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ३०–३२ ले गुमाएपनि त्यसपछिको तीनै सेट ब्राजिलले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट ब्रजिलले २५–२३ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा ल्याएका थिए । तेस्रो सेट २५–२१ ले जितेको ब्राजिलले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।
ब्राजिलले स्पाइकबाट ५८, ब्लकबाट ९ र सर्भिसबाट ७ अंक जोड्यो । अमेरिकाले स्पाइकबाट ७०, ब्लकबाट ७ र सर्भिसबाट ४ अंक जोड्यो ।
यो जितसँगै ब्राजिलले समूह ‘बी’ बाट क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । ब्राजिल ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित अमेरिका ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

रसियन खेलाडीको टोली (आरओसी) को ९ अंक छ । फ्रान्सको ४ तथा अर्जेन्टिनाको ३ अंक रहँदा ट्युनिसियाले अंकको खाता खोल्न सकेको छैन । ६ टोली रहेको समूहबाट ४ टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।
यस्तै समूह ‘ए’ को खेलमा क्यानडाले भेनेजुएलामाथि ३–० को सहज जित हात पारेको छ । एकपक्षीय खेलमा क्यानडाले २५–१३, २५–२२ र २५–१२ को सहज जित निकालेको छ । पोल्यान्डले जापानलाई ३–० को सोझो सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पोल्यान्डले जापानमाथि २५–२२, २५–२१ र २६–२४ को जित निकाल्यो ।

पोल्यान्डको ४ खेलबाट १० अंक जोडेर शीर्षमा रहेको छ । क्यानडाको ७ अंक छ । जापानको ६, इरान र इटालीको समान ५ अंक तथा भेनेजुएलाले अंकको खाता खोल्न सकेको छैन ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]