default_image

4 years ago

July 31, 2021

४० पदक जित्दै चीन शीर्षमा यथावत

177 views

0 Bookmark

एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को सातौ दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ ।

शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा बिहीबार शीर्षस्थानमा फर्किएको थियो । चीनले शुक्रबारसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य गरी कुल ४० पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ४ रजत र ७ कास्यगरी कुल २८ पदकसहित दोस्रो स्थानमा रहेको छ । शुक्रबार कुनैपनि स्वर्ण जित्न नसकेको अमेरिका १४ स्वर्ण, १६ रजत र ११ कास्यगरी कुल ४१ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।

रसियन खेलाडीको टोली (आरओसी) १० स्वर्ण, १४ रजत र १० कास्यसहित ३४ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ । ९ स्वर्ण, २ रजत र ११ कास्यगरी कुल २२ पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा यथावत छ ।

इंग्ल्यान्ड ६ स्वर्ण, ९ रजत र ९ कास्यगरी कुल २४ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ६ कास्यगरी कुल १५ पदक हात पार्दै सातौ स्थानमा रहेको छ । नेदरल्यान्ड्स ३ स्वर्ण, ७ रजत र ५ कास्यगरी १५ पदक जित्दै आठौं स्थानमा उक्लदा फ्रान्स ३ स्वर्ण, ५ रजत र ५ कास्य गरी १३ कास्य जित्दै नवौं स्थानमा रहँदा जर्मनी ३ स्वर्ण, ४ रजत र ९ कास्य गरी कुल १६ पदक जित्दै शीर्ष १० मा अटाएका छन् ।

क्यानडा, न्युजिल्यान्ड, चेक रिपब्लिक र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १४ मा अटाएका छन् । दोहोरो स्वर्ण जित्न सफल इटाली, हंगेरी, स्लोभेनिया र कोसोभो शीर्ष १८ मा रहेका छन् ।

ब्राजिल स्वीट्जरल्यान्ड, जर्जिया, रोमानिया, चाइनिज ताइपेइ, हङकङ, दक्षिण अफ्रिका, अष्ट्रिया, सर्विया, नर्वे, स्लोभेनिया, ट्युनिसिया, इस्टोनिया, आयरल्यान्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, इथियोपिया, फिजी, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाइल्यान्डले समान १–१ स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४२ राष्ट्रले स्वर्ण जित्दा ७० राष्ट्रले पदक जित्न सफल भएका छन् । नेपाल पदकविहीन भइसकेको छ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.