4 years ago
July 31, 2021
एजेन्सी – समूह चरणको एक खेल बाँकी छँदै ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

समूह चरणको चौथो खेलमा सर्वियालाई ३–१ को सेटमा पराजित गर्दै ब्राजिलले समूह ‘ए’ बाट अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । ब्राजिलसँगको हारको बावजुत पनि सर्विया पनि क्वाटरफाइनलमा पुग्न सफल भएको छ । दुई समूहबाट शीर्ष चार टोली क्वाटरफाइनल पुग्ने प्रावधान छ ।

एरिएके एरिनामा शनिबार भएको खेलमा ब्राजिलले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको ब्राजिलले तेस्रो सेटमा अग्रता लिनका बावजुत २३–२५ ले गुमाउन पुगेको थियो । तर चौथो सेटमा २५–१९ को सहज जित निकाल्दै ब्राजिलले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
समूह चरणमा ब्राजिलको यो लगातार चौथो जित हो । सर्वियाले समूहमा पहिलो हार बेहोरेको हो । समूह चरणको अन्तिम खेलमा केन्यालाई हराउन सके ब्राजिल समूह विजेता बन्नेछ ।

ब्राजिलले स्पाइकबाट ५८, ब्लकबाट ७ र सर्भिसबाट २७ अंक जोड्दा विपक्षीको गल्तीबाट २७ अंक जोडेको थियो । सर्वियाले स्पाइकबाट ५३, ब्लकबाट १० र सर्भिसबाट २ अंक जोड्दा विपक्षीको गल्तीबाट १५ अक जोडेको थियो । सर्वियाकी टिजाना बोस्कोभिकले सर्वाधिक ३२ स्कोर गरेपनि टोलीलाई जिताउन सकेनन् ।
अपराजित रहेको ब्राजिल ४ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ब्राजिलसँग हार बेहोरेको सर्विया ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया र डोमिनिकन रिपब्लिकको समान ५ अंक छ । जापानको ३ तथा केन्याले अंकको खाता खोल्न सकेको छैन ।

यस्तै समूह चरणको अन्य खेलमा डोमिनिकन रिपब्लिकले केन्यामाथि ३–० को सहज जित निकाल्दै शीर्ष चारमा रहेर क्वाटरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । एकपक्षीय खेलमा रिपब्लिकले केन्यामाथि २५–१९, २५–१८ र २५–१० को सहज जित हात पारेको थियो ।
समूह ‘बी’ को खेलमा रसियन ओलम्पिक टोली (आरओसी) ले अमेरिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एकपक्षीय खेलमा आरओसीले अमेरिकालाई २५–२०, २५–१२ र २५–१९ ले सहजै पन्छायो । यही समूहको अर्काे खेलमा टर्कीले अर्जेन्टिनालाई २५–२३, २५–२० र २५–१८ ले सहजै हराउँदै शीर्ष चारमा रहेर क्वाटरफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ ।

यो नतिजापछि आरओसी ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा रहँदा अमेरिका ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । टर्की ७ अंक जोडेर चौथो स्थानमा रहँदा अंकविहीन अर्जेन्टिना पुछारमा रहेको छ ।
समूह ‘बी’ मा अपराजित रहेको इटाली ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । चीन १ अंक जोडेर पाँचौ स्थानमा छ । अहिले जापान र कोरिया तथा चीन र इटालीबीच प्रतिस्पर्धा भइरहेको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]