default_image

4 years ago

August 1, 2021

इरानलाई हराउँदै जापान क्वाटरफाइनलमा

309 views

0 Bookmark

एजेन्सी – युजी निसिदाले उच्च प्रदर्शन गरेपछि अघिल्लो चरण प्रवेश गर्न जित निकाल्नै पर्ने खेलमा इरानलाई पराजित गर्दै घरेलु टोली जापान टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलतर्फ क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

एरिएके एरिनामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा जापानले इरानमाथि ३–२ को रोमाञ्चक जित दर्ता गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो सेट जापानले २५–२१ ले आफ्नो पक्षमा पारेपनि त्यसपछिको दुवै सेट २०–२५ र २९–३१ ले गुमाएको थियो । तर त्यसपछिको दुवै सेट जापानले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको जापानले निर्णायक सेट १५–१३ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

जापानले स्पाइकबाट ६८, ब्लकबाट ८ र सर्भिसबाट ७ अंक जोडेको थियो । युजी निसिदा स्पाइकबाट २४, ब्लकबाट ४ र सर्भिसबाट २ सहित सर्वाधिक ३० अंक जोडेका थिए । इरानले स्पाइकबाट ७२, ब्लकबाट ९ र सर्भिसबाट ७ अंक जोडेका थिए ।

जापानले समूह ‘ए’ मा ५ खेलबाट ७ अंक जोड्दै तेस्रो स्थानमा रहँदै अन्तिम आठमा स्थान पक्का गर्दा जापानसँगको हारसँगै इरान भने समूह चरणबाटै बाहिरियो । इरानले ६ अंक जोड्यो । यो समूहबाट पोल्यान्ड समूह विजेता बन्यो ।

यही समूहको अर्काे खेलमा इटालीले भेनेजुएलामाथि २५–२२, २५–१५ र २५–१७ को सहज जित निकाल्यो । इटाली दोस्रो स्थानमा रहँदा क्यानडा शीर्ष चारमा रहेर अन्तिम आठमा पुग्न सफल भयो । भेनेजुएलाले अंकको खाता नै खोल्न सकेन ।

समूह ‘बी’ को खेलमा रसियन ओलम्पिक कमिटी (आरओसी) ले ट्युनिसियामाथि २५–२०, २५–२२ र २५–१६ को सहज जित दर्ता गर्दै समूह विजेता बन्यो । आरओसीले ५ खेलबाट १२ अंक जोड्यो । ब्राजिल दोस्रो स्थानमा रह्यो ।

यस्तै समूह ‘बी’ खेलमा समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा अमेरिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै अर्जेन्टिनमा शीर्ष चारमा रहेर क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

अर्जेन्टिनासँगको हारसँगै अमेरिका समूह चरणबाटै बाहिरिएको छ । समान ८ अंक भएपनि अर्जेन्टिना बढी सेट जितेको आधारमा फ्रान्सलाई पछि पार्दै तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनाले अमेरिकामाथि २५–२१, २५–२३ र २५–२३ को सोझो सेटमा जित निकाल्यो ।

क्वाटरफाइनल समिकरण
पोल्यान्डविरुद्ध फ्रान्स
इटालीविरुद्ध अर्जेन्टिना
ब्राजिलविरुद्ध जापान
क्यानडाविरुद्ध आरओसी

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.