4 years ago
August 2, 2021
एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को नवौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ ।

शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य गरी कुल ५१ पदक जितेको छ ।
आइतबार चार स्वर्ण जितेको अमेरिका २० स्वर्ण, २३ रजत र १६ कास्यगरी कुल ५९ पदकसहित दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा झरेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ ।

१४ स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल ३१ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा उकिलएको छ । रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, १९ रजत र १३ कास्यसहित ४४ पदक जित्दै पाँचौ स्थानमा झरेको छ ।
इंग्ल्यान्ड १० स्वर्ण, १० रजत र १२ कास्यगरी कुल ३२ पदक जितेर छैटौं स्थानमा रहेको छ । फ्रान्स ५ स्वर्ण, १० रजत र ६ कास्यसहित २१ पदक जितेर सातौ स्थानमा उक्लदा दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ८ कास्यगरी कुल १७ पदक हात पार्दै आठौं स्थानमा रहेको छ ।
इटाली ४ स्वर्ण, ८ रजत र १५ कास्यगरी २७ पदकसहित नवौं स्थानमा रहँदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ६ कास्यगरी १७ पदक जित्दै शीर्ष १० मा अटाएका छन् ।

जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले समान ४ स्वर्ण जितेका छन् । क्यानडा, स्वीट्जरल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १६ मा अटाएका छन् । ब्राजिल, चाइनिज ताइपेइ, हंगेरी, स्लोभेनिया, इक्वेडर, कोसोभो र कतारले दोहोरो स्वर्ण जित्न सफल भएका छन् ।
स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुलएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, डेनमार्क, सर्विया, बेल्जियम, जमैका, नर्वे, पोल्यान्ड, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, टर्की, बेलारुस, इस्टोनिया, फिजि, उज्वेकिस्तान, बर्मुडा, इथियोपिया, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५३ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]