4 years ago
August 7, 2021
एजेन्सी – उपाधिको बलियो दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) लाई स्तब्ध पार्दै फ्रान्सले टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा स्वर्ण जितेको छ ।

एरिएक एरिनामा शनिबार आरओसीको चुनौती ३–२ ले पन्छाउँदै फ्रान्सले स्वर्ण जित्न सफल भएको हो । फ्रान्सले समूह चरणमा पनि आरओसीलाई ३–१ को सेटमा हराएको थियो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल भिडन्तमा फ्रान्सले सुरुवाती दुई सेट आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थियो । तर त्यसपछिको दुई सेट गुमाएपछि खेल पाँचौ सेटमा लम्बिदा फ्रान्सले बाजी मार्न सफल भयो ।

पहिलो सेटममा फ्रान्सले १८–२२ को स्थिति उल्ट्याउँदै २५–२३ को जित निकाल्न सफल भएको थियो । दोस्रो सेटमा सुरुवातदेखि अग्रता लिएपनि मध्यतिर पुग्दा फ्रान्सले दवाव झेलेपनि २०–१७ को स्थितिबाट लगातार अंक जोड्दै २५–१७ खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेटमा १९–१९ को बराबरीको अवस्थाबाट लय गुमाएको फ्रान्सले थप २ अंक जोड्दा २१–२५ ले सेट गुमाउन पुग्यो ।
प्रतिस्पर्धात्मक चौथो सेट पनि फ्रान्सले २१–२५ ले नै गुमाउँदा खेल पाँचौ सेटमा लम्बिएको थियो । प्रतिस्पर्धात्मक पाँचौ सेटमा अग्रता लिएको फ्रान्सले १३–१२ को स्थितिबाट लगातार दुई अंक जोड्दै १५–१२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

फ्रान्सको जितमा अर्भिन नागापेथले सर्वाधिक २६ तथा पाट्रीले १५ अंकको योगदान दिए । आरओसीका मिखाएलोभले २१ तथा केलिउकाले २० अंकको योगदान दिएपनि हार टार्न सकेन ।
फ्रान्सले स्पाइकबाट ५७, ब्लकबाट ७ र सर्भिसबाट ९ अंक जोड्दा विपक्षीको गल्तीबाट ३४ अंक पाएको थियो । आरओसीले स्पाइकबाट ६०, ब्लकबाट ८ र सर्भिसबाट १ अंक जोड्दा विपक्षीको गल्तीबाट ३३ अंक पाएको थियो ।
त्यसअघि शनिबारै साविक विजेता ब्राजिललाई ३–२ को सेटमा स्तब्ध पार्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]