4 years ago
August 8, 2021
एजेन्सी – दुई पटकको स्वर्ण विजेता ब्राजिलमाथि सोझो सेटमा जित निकाल्दै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा स्वर्ण जितेको छ ।

एरिएक एरिनामा आइतबार भएको फाइनलमा ब्राजिलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिकाले स्वर्ण जित्न सफल भएको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्ण हो ।
यसअघि अमेरिकाले तीन पटक फाइनलमा स्थान बनाएपनि सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो । अमेरिका १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो । तर यसपटक अमेरिकाले ब्राजिललाई हाराउँदै स्वर्ण जित्न सफल भयो ।

खेलको सुरुवातदेखि नै आक्रामक खेल पस्किएको अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो । ब्राजिलले एक समय खेललाई १४–१५ को अवस्थामा ल्याएपनि त्यसलाई निरन्तरता दिन सकेन । दोस्रो सेटको सुरुवातमा ब्राजिलले अग्रता लिएपनि ४–४ को अवस्थाबाट अमेरिका अघि बढेको थियो ।
एक समय १९–११ ले अघि रहेको अमेरिकाले केही समय दवाव झेल्दा खेल १६–२० को अवस्थामा पुगेपनि अमेरिकाले २५–२० ले सेट आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा सुरुवातमा ब्राजिलले दवाव दिएपनि अमेरिकाले आफ्नो स्वभाविक प्रदर्शनलाई निरन्तराता दिदै खेललाई ८–१६ को बलियो अवस्थामा ल्याउदै जिततर्फ अघि बढेको थियो । त्यसपछि अमेरिकाले एकपक्षीय प्रदर्शन गर्दै २५–१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो ।

अमेरिकाको जितमा एन्ड्रिय ड्रिउसले १५ तथा हाक्लेले १४ अंकको योगदान दिइन् । ब्राजिलकी गावी र फे गारेले समान १० अंकको योगदान दिएपनि हार टार्न सकेनन् । अमेरिकाले स्पाइकबाट ४६, ब्लकबाट ८ र सर्भिसबाट २ अंक जोड्दा विपक्षीको गल्तीबाट १९ अंक पाएको थियो । ब्राजिलले स्पाइकबाट ३२, ब्लकबाट ६ र सर्भिसबाट १ अंक जोड्दा विपक्षीको गल्तीबाट १६ अंक पाएको थियो ।

त्यसअघि आइतबार बिहान नै दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सर्वियाले कास्यपदक जितेको छ । एकपक्षीय खेलमा सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सोझो सेटमा जित निकालेको थियो ।

December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]