4 years ago
August 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट १७ सदस्य खेलाडी ओमान जाने भएका छन् । १७ खेलाडी ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ ।

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा ओमान र अमेरिका सँग २-२ खेल खेल्ने छ । त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने निश्चित भएको छ । नेपाली टोली अगष्ट अन्तिम अर्थात भदौ दोस्रो साता ओमान भ्रमणमा निस्कनेछ । ओमानमा नेपाली टोलीको २४ घण्टाभित्र एक पिसिआर परिक्षण हुने छ । खेलाडीको रिपोर्ट नेगेटिभ आएमा क्वारेनटाइन बस्नु पर्ने छैन ।
नेपाली टोलीले साउन तेस्रो साता देखि टियु मैदानमा बन्द प्रशिक्षणमा व्यस्त छ । क्यानले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएकोमा पूर्व कप्तान पारस खड्काले सन्न्यासको कारण सहभागि भएनन् । १९ खेलाडी बन्द प्रशिक्षणमा रहँदै आएका छन् । त्यसैले बन्द प्रशिक्षणबाट दुई खेलाडी मात्र बाहिरिने छन् ।
नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच) मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बर (आठ) मा खेल्नेछ । त्यसपछि खेलाडीले चार दिन विश्राम गर्नेछ । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म खेल्ने छ । खेल तालिका भने सार्वजनिक भएको छैन । नेपालले पिएनजीसँग ओडिआई अभ्यास खेल्दा ओमानले मुम्बईको टोलीसँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्ने छ ।

मुम्बईको टोलीबाट भारतीय टोलीबाट खेलेका अलराउन्डर शिवम दुबे र यू१९ विश्वकपका स्टार यशस्वी जैसवाल लगायतका स्टार खेलाडीको सहभागिता रहने छ । ओमानले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत पिएनजी र स्कटल्यान्डसँग सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म खेल्ने छ ।
ओमानले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने टि२० विश्वकपलाई लक्षित गर्दै तयारी थालेको हो । त्रिकोणात्मक सिरिज पछि नेपाली टोली स्वदेश फर्किने छ । त्यसपछि खेलाडीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने छन् । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा चल्ने छ ।
बन्द प्रशिक्षणमा रहेको नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]