default_image

4 years ago

September 2, 2021

नेपाल र पिएनजीबीचको खेल सर्यो

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको दुई ओडिआई खेल तालिका परिवर्तन भएको छ । नयाँ तालिका अनुसार नेपाल र पिएनजीबीचको पहिलो ओडिआई खेल भदौ २२ (सेप्टेम्बर ७) र दोस्रो ओडिआई भदौ २५ (सेप्टेम्बर १०) मा हुने छ । यसअघि उक्त खेल भदौ २० र भदौ २३ मा हुने कार्यक्रम थियो । नेपाल क्रिकेट संघ (क्यान) ले टेक्निकल कारण खेल तालिका परिवर्तन भएको छ ।

नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने अघि तयारीको लागि पिएनजीसँग दुई खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल भदौ २८ मा (सेप्टेम्बर १३) अमेरिकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ मा सुरु हुने छ । नेपालले दोस्रो खेल भदौ २९ मा (१४ सेप्टेम्बर) खेल्ने छ । अमेरिकाविरुद्ध असोज १ (सेप्टेम्बर १७) मा खेल्ने छ । अन्तिम खेल असोज ३ मा (१९ सेप्टेम्बर) ओमानसँग खेल्ने छ ।

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग-२ मा डेब्यू गरेको थियो । त्यसपछि नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा टि२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।

नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाली टोली भदौ ८ मा ओमानतर्फ प्रस्थान गरि सकेको छ ।

खेल तालिका

भदौ २२ : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई

भदौ २५ : नेपालविरुद्ध पिएनजी दोस्रो ओडिआई

भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ : १५

भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४ : १५

अजोस १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ : १५

असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४ : १५

नेपालको टोली : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.