4 years ago
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिडेमास्टर रुपेश जैसवालले नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

सजिलो सिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त उपाधि जितेका हुन् । समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव टाइब्रेकमा थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे दोश्रो र सर्लाहीका कमल श्रेष्ठ तेस्रो भए ।
उपाधिसँगै रुपेशले रनिङ शिल्ड, ट्रफि, मेडल र नगद ५० हजार हात पारे । दोस्रो र तेस्रो भएकाले क्रमशः नगद ३० र २० हजार प्राप्त गरे । ललितपुर स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला चौथौं, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा पाँचौ, सुमन लामा छैटौं, गणेशमान दुवाल सातौं, रौटहतका शुशिल चौधरी आठौं, दोलखाका राजिव कार्की नवौं र फिडेमास्टर मनिष हमाल दशौं भए ।
पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजाना लोहनी, अनिषा न्यौपाने, आभा पुडासैनी क्रमशः प्रथम, दोश्रो र तेश्रा भए । उनीहरुले नगद १० हजार, ८ हजार र ६ हजार हात पारे । यसैगरी सजिन महर्जन ललितपुर उत्कृष्ट भै नगद ७ हजार प्राप्त गरे । अनरेटेडतर्फ सानुभाइ महर्जन प्रथम र विनय राई दोश्रा भए ।
विजयी तथा सहभागी खेलाडीलाई राखेपका सदस्यसचिव रमेश सिलवाल, क्लबका अध्यक्ष हेराकाजी महर्जन, ललितपुरका समाजसेवी प्रकाशनन्दन जोशी, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाललगायतले पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]