default_image

4 years ago

September 22, 2021

रुक्मशमशेर राणाको स्मृतिमा शोक सभा

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष रुक्म शमशेर राणाको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरेको छ ।

राणाको निधन भएको १३औं पुण्य तिथिमा कमिटीले सातदोबाटो श्रद्धान्जली कार्यक्रम गरेको हो । राणाको भदौ २५ मा निधन भएको थियो । राणा सन् १९९८ देखि २००७ सम्म कमिटीको अध्यक्ष रहेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद, फुटबल, तेक्वान्दो, एथलेटिक्स र स्कि संघका नेतृत्व पनि सम्हालेका थिए ।

शोक सभामा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली ओलम्पिक आन्दोलनमा राणाको ठूलो योगदान रहेको बताउँदै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्ने श्रेय उहाँलाई जाने बताए ।

‘नेपाली ओलम्पिक आन्दोलन यहाँसम्म आइपुग्नुमा सबैभन्दा ठूलो योगदान राणाकै छ ।’ परिवारको प्रतिनिधित्व गर्दै अनिलकेशरी शाहले नेपाली खेलकुद र खेलाडीप्रति राणाको असाध्यै माया रहेको बताए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नेपाली तेक्वान्दोको विकासमा उहाँको अतुलनीय योगदान रहेको बताए । यस्तै कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले दिवंगत राणा नेपालमा विवादरहित खेलकुद चाहनु हुने व्यक्तित्व रहेको बताए । उनले नेपाली खेलकुद एकजुट भएर अगाडि बढ्छ भने त्यो नै राणाप्रति सच्चा श्रद्धान्जली हुने थपे ।

शोक सभामा कमिटीका पदाधिकारी, विभिन्न कमिटीका अध्यक्ष, खेल संघका अध्यक्षलगायत अन्यको पनि उपस्थिति रहेको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.