default_image

3 years ago

September 30, 2021

काठमाडौंको मध्यम सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को नवौं खेलमा काठमाडौं किंग्स इलेभेनले चितवन टाइगर्सविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ । काठमाडौंका सुवास खकुरेल २६ बलमा १ चौका र २ छक्का सहित २७ रनमा […]

40 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को नवौं खेलमा काठमाडौं किंग्स इलेभेनले चितवन टाइगर्सविरुद्ध मध्यम सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ । काठमाडौंका सुवास खकुरेल २६ बलमा १ चौका र २ छक्का सहित २७ रनमा अविािजत छन् ।

काठमाडौंका ओपनर रहमानउल्लाह गुरबाजलाई दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर कमलसिंह ऐरीले विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरको तेस्रो बलमा स्पिनर शेकुगे प्रसन्नाले अमित श्रेष्ठलाई ६ रनमा बोल्ड आउट गरे । दशौं ओभरको चौथो बलमा करिम जन्नतले राजु रिजाललाई २८ रनमा बोल्ड आउट गरे । राजुले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे ।


चितवनको प्लेइङ ११ : सोमपाल कामी, दीलिपनाथ, मोहम्मद शाहजाद, साहब आलम, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, शेकुगे प्रसन्ना,करिम जन्नत, राजेश पुलामी मगर, ईशान पाण्डे ।

काठमाडौंको प्लेइङ ११ : सन्दीप लामिछाने, सुवास खकुरेल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी, जनक प्रकाश, राजु रिजाल, जितेन्द्र मुखिया, अंमर सिंह राउटेला, रायन बर्ल गुलशन झा ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.