default_image

3 years ago

October 3, 2021

अध्यक्ष बैद्य एटिटियू काउन्सिल सदस्यमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) –एसियन टेबल टेनिस युनियन (एटिटियू) को आइतबार कतारको दोहामा भएको कंग्रेस बैठकले अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको छ । कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटिटियूको कंग्रेस बैठक पनि बसेको हो । बैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् […]

46 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) –एसियन टेबल टेनिस युनियन (एटिटियू) को आइतबार कतारको दोहामा भएको कंग्रेस बैठकले अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको छ

कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटिटियूको कंग्रेस बैठक पनि बसेको हो । बैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

नेपाल एटिटियूको संस्थापक सदस्य भएको आधारमा बैद्यलाई एसियाली टेबल टेनिसको यस महत्त्वपूर्ण पदमा चयन गरिएको हो । दोहामा सेप्टेम्बर २८ देखि अक्टोबर ५ सम्म एसियाली टेबल टेनिस च्याम्पियनसिप पनि भइरहेको छ । बैद्य एटिटियूको सदस्यमा चयन भएको यो दोस्रो पल्ट हो ।

यस्तै अखिल नेपाल टेबल टेनिस संघका महासचिव शंकर गौत्तम एटिटियूको दक्षिण एसियाबाट उपाध्यक्षमा पनि चयन भएका छन् । यस पदका लागि भारत र नेपालका पदाधिकारी चयन भएकोमा गौत्तमले चार वर्षे कार्यकालको दोस्रो दुई वर्ष क्षेत्रीय उपाध्यक्षको यो पद सम्हाल्ने छन् । भारतीय प्रतिनिधिले सुरुआती दुई वर्ष जिम्मेवारी सम्हाल्ने निर्णय बैठकले गरेको हो ।

एटिटियूको थप तीन कमिटीमा नेपाली प्रतिनिधिको चयन सदस्यका रूपमा भएको छ । त्यस अनुसार एटीटीयू अन्तर्गत रहेको टेक्निकल कमिटीमा तेजेन्द्र महरा, भेट्रान, एडुकेसन एन्ड ट्ेरनिङ कमिटीमा धर्ममान वज्राचार्य तथा मिडिया कमिटीमा हिमेशरत्न वज्राचार्य चयन भएको छन । यसको कार्यकाल पनि चार वर्षको हुनेछ ।

एटिटियूमा नेपाल प्रतिनिधिको यो चयनले एसियाली टेबल टेनिसमा नेपालको बलियो र महत्त्वपूर्ण उपस्थिति रहने अध्यक्ष बैद्यले बताएका छन् । उनले भने, ‘एसियाली टेबल टेनिस युनियनको संस्थापकमध्ये एक नेपाल पनि हो र यस क्षेत्रको टेबल टेनिसमा नेपालको जहिले पनि बलियो र सक्रिय उपस्थिति रहेको छ । अब यो क्रम आउने चार वर्षमा पनि कायम रहनेछ ।’

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.