default_image

3 years ago

October 4, 2021

पोखराविरुद्ध अमितको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनका ओपनर अमित श्रेष्ठले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अमितले ३६ बलमा अर्धशतक पूरा गरेका छन् । अमितले १४ औं अ‍ेभरको तेस्रो बलमा विक्रम सोबलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनका ओपनर अमित श्रेष्ठले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अमितले ३६ बलमा अर्धशतक पूरा गरेका छन् । अमितले १४ औं अ‍ेभरको तेस्रो बलमा विक्रम सोबलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले १४ ओभरमा २ विकेट गुमाउँदै १ सय रन बनाएको छ । अमित ३७ बलमा ६ चौका र २ छक्का सहित ५२ रनमा अविजित छन् । रायन बर्ल १ चौका र ३ छक्का सहित ३९ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रायन र अमितले १ सय २ रनको अविजित शतकीय साझेदारी गर्दै टोेलीको इनिङ अगाडि बढाएका छन् ।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर रहमानउल्लाह गुरबाजलाई रित गौतमले १२ रनमा रन आउट गर्दै पोखरालाई महत्वपूर्ण सफलता दिलाएका थिए । रितले ननस्ट्राइकमा सिधैं स्टम्प ताक्दै गुरबाजलाई पेभिलिएनको बाटो देखाए । तेस्रो ओभरको पहिलो बलमा विक्रम सोबले सुवास खकुरेललाई २ रनमा एलबिडब्लू आउट गरेका थिए ।


काठमाडौं र पोखरा दुबैले आजको खेलमा टोलीमा एक एक परिवर्तन गरेका छन् । सिद्धान्त लोहनीको स्थानमा काठमाडौंले मोहम्मद साम्सद शेखले मौका दिएको छ । पोखराले तीव्र गतिका बलर किशोर महतोलाई मौका दिँदा स्पिन अलराउन्डर विपिन खत्रीलाई बेन्चमा राखेको छ ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.