default_image

3 years ago

October 9, 2021

भीमको अर्धशतकसँगै उपाधि नजिक चितवन

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको अर्धशतकसँगै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पोखरा राइनोजलाई हराउँदै उपाधि नजिक पुगेको छ । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १२ ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको छ । चितवनका भीम सार्की ३५ बलमा ५ चौका र २ […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको अर्धशतकसँगै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पोखरा राइनोजलाई हराउँदै उपाधि नजिक पुगेको छ ।


जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १२ ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको छ । चितवनका भीम सार्की ३५ बलमा ५ चौका र २ छक्का सहित ५१ रनमा अविजित छन् । उनले ३५ बलमा अर्धशतक पूरा गरेका थिए । भीमको जारी इपिएलमा यो दोस्रो अर्धशतक हो ।

तीव्र गतिका बलर नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमै ओपनर हासिम अन्सारी विकेटकिपर विनोद भण्डारीबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो ओभरको तेस्रो बलमा किशोर महतोले करिम जन्नतलाई शून्यमा क्याच आउट गराएका थिए । किशोरले चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहजादलाई ११ रनमा विपिन रावलबाट क्याच गराएका थिए ।

चौथो विकेटका लागि भीम र दीलिप नाथले ५४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । दीलिप १८ रनमा क्याच आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । ओपनर रिचार्ड लेभीले १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भए ।

सुरुवात राम्रो पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शनपछि पोखरा सस्तैमा समेटिएको हो । पोखरा ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.