default_image

4 years ago

October 11, 2021

प्रकाश र कुमारको जोडीलाई उपाधि

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।

मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा आयोजित प्रतियोगिताको सोमबार भएको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

उपाधि विजेता जोडी मध्येका एक प्रकाश नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा बाबुराम ढकाल र भुवल तामाङको जोडीले तेस्रो स्थानमा चित्त बुझाए ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका वडा ७ का अध्यक्ष जीवन थापा, मनकामना टोल सुधार समाजका अध्यक्ष बलबहादुर राउत, विष्ट गाउँ तल्लो बस्ती मनकामना टोली सुधार समितिका अध्यक्ष नैनबहादुर कार्की, प्रतियोगिता संयोजक देवीप्रसाद पराजुलीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १२ जोडी सहभागी थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.