default_image

3 years ago

October 17, 2021

चेल्सी र लिभरपुललाई पछ्याउँदै सिटी

एजेन्सी– ब्रेर्नाडो सिल्भा र केभिन डी ब्रुएनले गोल गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार बर्नलीलाई २–० ले हराएको छ । खेलमा नियन्त्रण जमाएको पेप ग्वार्डिओलाको टोलीका लागि सिल्भाले १२ औं मिनेटमा गोल गरेका थिए । फिल फोडानको प्रहार रोकिएपछि त्यसै सिल्भाले गोल गरेका थिए । पहिलो हाफमा दुई पटक सम्म बराबरी गर्ने अवसर पाएर पनि […]

78 views

0 Bookmark

एजेन्सी– ब्रेर्नाडो सिल्भा र केभिन डी ब्रुएनले गोल गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार बर्नलीलाई २–० ले हराएको छ ।

खेलमा नियन्त्रण जमाएको पेप ग्वार्डिओलाको टोलीका लागि सिल्भाले १२ औं मिनेटमा गोल गरेका थिए । फिल फोडानको प्रहार रोकिएपछि त्यसै सिल्भाले गोल गरेका थिए । पहिलो हाफमा दुई पटक सम्म बराबरी गर्ने अवसर पाएर पनि बर्नलीले त्यसलाई सदुपयोग गर्न सकेन । सिटीका लागि रियाद माहरेजले गोलअन्तरलाई दोब्बर पार्ने मौका पाएका थिए । तर ५० औं मिनेटमा उनको प्रहार पोष्ट माथिबाट गर्यो ।

लगातार दबाब बनाइराखेको सिटीका लागि डी ब्रुएन ७० औं मिनेटमा गोल गर्दैै टोलीको जितलाई सहज बनाए । सिटी १७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको चेल्सीको भन्दा २ र दोस्रो स्थानको लिभरपुलको भन्दा १ अंक कम हो । मात्र ३ अंक रहेको बर्नली अंक तालिकाको १९ औं स्थानमा झरेको छ ।

शनिबार नै लिभरपुलले वार्टफोर्डलाई ५–० ले हराएको थियो । उल्भरह्याम्टन वन्डरर्सले एस्टन भिल्लालाई ३–२ ले, लेस्टरले म्यानचेस्टर युनाइटेडलाई ४–२ ले, साउथह्याम्टनले लिड्स युनाइटेड तथा चेल्सीले ब्रेन्टफोर्डलाई समान १–० ले हराएको थियो । नर्विच र ब्राइटन एण्ड होभ अल्बाइनबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.