4 years ago
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने जाने तयारीमा रहेका खेलाडी र प्रशिक्षकको टोलीका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले बिहीबार राजधानीमा विदाई कार्यक्रम राखेको थियो । तर, खेलाडी र प्रशिक्षकको टोली नै उपस्थित नभएपछि कार्यक्रमका मुख्य अतिथि पूर्व मन्त्री नेपाल कांग्रेसका नेता एनपी साउद पनि गएनन् ।

नेपाल बक्सिङ संघका पूर्व महासचिव समेत रहेका लोकतान्त्रिक खेलकुद बागमतीका अध्यक्ष दीपक गुरुङले खेलाडी र प्रशिक्षकलाई विदाई कार्यक्रममा नपठाएर संघले राजनीति गरेको आरोप लगाए । ‘खेलकुद राजनीति गर्ने ठाँउ होइन । हामीले लोकतान्त्रिक बागमती प्रदेशबाट खेलाडीको हौसला बढाउनका लागि ट्रयाकसुट प्रदान गर्ने, विदाई गर्ने र खेलाडीको हौसला बढाउनका लागि नगद पुरस्कार घोषणा गर्ने कार्यक्रम राखेका थियौं,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘तर अन्तिम समयमा खेलाडी र प्रशिक्षकलाई आउन दिइएन । यो राम्रो भएन । खेलकुद सबैको साझा थलो हो । खेलाडीको हौसला बढाउन सबैले पाउनुपर्दछ ।’
गुरुङले संघको कामकारवाही सन्तोषजनक नभएकोले आफूहरु अब त्यसको विरुद्धमा शसक्त रुपमा अघि बढ्ने पनि चेतावनी दिए ।
‘संघले खेल भावनाकोविरुद्ध कार्य गरेको छ । यसमा हाम्रो घोर आपत्ति छ । यस्ता कार्यविरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यवाहीको लागि अग्रसर हुने छौं,’ उनले भने, म संघको पूर्व महासचिव हु । खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कार्यहरु गरेका कारण संघका पदाधिकारीहरुबीच बैमनस्यता देखिएको छ । यसको विरुद्धमा हामी आवाज उठाउनेछौं ।’
लोकतान्त्रिक बागमती प्रदेश सँधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हकहितका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्दै उच्च मनोबलका साथ च्याम्पियनसिपमा भाग लिन उनले खेलाडीलाई शुभकामना दिए । सर्वियाको राजधानी बेलग्रेडमा कार्तिक ८ गते देखि २० गते सम्म आयोजना च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहितको ७ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ । संघलाई पत्रमार्फत खेलाडी र प्रशिक्षक उपलब्ध गराउन गरिएको अनुरोधलाई समेत व्यवस्था गरेको गुरुङकोको आरोप छ ।
खेलाडी अनुपस्थित रहेपनि अध्यक्ष गुरुङले च्याम्पियनसिपमा भाग लिने खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको ट्रयाकसुटसंघका केन्द्रिय सदस्य ओम नारायण श्रेष्ठलाई हस्तान्तरण गरे । बागमती प्रदेशका तर्फबाट गुरुङले खेलाडीले प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण प्राप्त गरे १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार प्रदान गर्ने घोषणा समेत गरे ।
संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको र संघलाई खेल भावनाले अगाडि बढाउन नसकेकोमा भन्दै आपत्ती जनाए । च्याम्पियनसिपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता भुपेन्द्र थापाले ६५.५ केजीमा, सनिल शाहीले ६८ कजीमा, १३ औं सागका कास्य पदक विजेता पुरन राई ५७ केजीमा र नयाँ खेलाडी रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले जानकारी दिए । उनी सँगै टोलीको प्रशिक्षक किशोर लिम्बु र व्यवस्थापकका मानबहादुर भण्डारी शुक्रबार आयोजनास्थल तर्फ जानेछन् ।
संघलाई बाइपास गरियो –अध्यक्ष अवाले
बक्सिङ संघका अध्यक्ष राम अवालेले संघलाई बाइपास गर्दै विदाई कार्यक्रम गरिएकोले खेलाडी र प्रशिक्षक पठाउन नसकेको बताएका छन् । ‘खेलाडीको हौसला जो कोहिले पनि बढाउनु राम्रो हो,’ उनले भने, ‘तर संघलाई बाइपास गरेर कार्यक्रम गर्नु राम्रो होइन । अर्को समयमा हामीलाई खबर आए । बिहान १०ः४६ मा मैले पत्र प्राप्त गरे । त्यो अन्तिम समयमा गरिएको खबरका आधारमा खेलाडीलाई पठाउन सकिने कुरै भएन ।’
उनले संघले शुक्रबार विदाई राखिएकाले त्यसअघि अर्को त्यस्तै कार्यक्रम हुन नहुने तर्क समेत गरे । ‘संघले भोली युवा तथा खेलकुद मन्त्री महेश्वर गहराज ज्यूबाट विदाई गराउने तयारी गरिरहेको छ,’ उनले थपे, ‘त्यसअघि अर्को कार्यक्रम हुनु राम्रो पनि देखिदैन ।’
संघको अनुमति विना जान मिल्दैन– मुख्य प्रशिक्षक थापा मगर
संघको अनुमति विना खेलाडी प्रशिक्षक कुनै कार्यक्रममा सहभागी हुन नमिल्ने भएकै कारण आफूहरु नगएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले बताएका छन् । ‘दीपक जीले मलाई आठ दश दिन अगाडि नै कार्यक्रम गर्ने खेलाडीलाई ट्रयाकसुट प्रदान गर्ने जानकारी गराउनु भएको थियो,’ उनले भने, ‘मैले त्यहि कुरा अध्यक्ष ज्यूलाई भने । उहाँले खेलाडीको हौसला बढाउन दिने विषय राम्रो हो । तर अलग कार्यक्रम गरेर दिन उपयुक्त नभएको बताउनुभएको हो । संघले गर्ने कार्यक्रममै दिनका लागि भन्नुभएको हो । तर त्यसलाई उहाँहरुले कार्यक्रम तय भइसकेकोले मान्न नसिकने बताएपछि विवाद जस्तो देखियो ।’
मुख्य प्रशिक्षक थापा मगरले आफूहरुले खेलाडीलाई ट्राकसुट वितरण गर्ने जानकारी भएपनि पछि औपचारिक ठूलै कार्यक्रम राखिएको भन्ने थाहा भएपछि सायद त्यसमा पठाउन संघले उपयुक्त नठानेको हुन सक्ने बताए । ‘अब उहाँहरुका बीचमा भएको विवादले पनि समस्या भएको होला,’ उनले भने, ‘हामीले संघको अनुमति विना जान मिलेन त्यसैले गएनौं ।’
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]