default_image

4 years ago

April 1, 2022

कराते प्रतियोगितामा लि निङ सह प्रायोजक

306 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगितालाई स्पोर्टस् र फेसनमा ख्याती प्राप्त लि निङ र कोरियन फास्ट फुड सम्पनी सान सोजु इसले सह प्रायोजन गरेका छन् । सम्झना ल्याब प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

लि निङका प्रबन्ध निर्देशक राजन महर्जन र सान सोजुका व्यवस्थापक शीशिर अर्याल तथा प्रतियोगिता संयोजक रवि महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । लि निङले नगद ३ लाख ४५ हजार तथा बाँकी खेल समाग्री गरि ५ लाख रुपैयाँ बराबरी आयोजकलाई उपलब्ध गराउनेछ । त्यस्तै सोजुले ३ लाख रुपैयाँ प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो ।

नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतीमा जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा चैत २४ देखि २६ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ । पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा प्रतियोगिता हुन लागेको हो ।

लि निङका महर्जनले कराते खेलप्रति आफ्नो विशेष रुची भएकै कारण सहकार्यका लागि तयार भएको बताए । प्रतियोगिताका संरक्षक मीनकृष्ण महर्जनले करातेको गतिविधि कम भइरहेको बेलामा च्याम्पियनसिप आयोजना हुँदा खेलाडीको हौसला बढ्ने बताए ।

यसै वर्ष सेप्टेम्बरमा हुने १९औं एसियाली खेलको प्रारम्भिक छनोट प्रतियोगिताका रुपमा कराते महासंघले स्वीकृती दिएको छ । तीन दिन चल्ने प्रतियोगितामा ७ प्रदेश ३ विभागिय सेना प्रहरी र शसस्त्र प्रहरी) गरि १० टिमको सहभागिता रहनेछ । अहिले प्रदेश छनोट चलिरहेको बताइएको छ ।

२ सय १० खेलाडी सहभागि हुने प्रतियोगितामा महिला तर्फ ८ तौल समुह र पुरुष तर्फ ९ तौल समुह तथा टिम इभेन्ट सहित प्रत्येक टिमले २१ जना खेलाडीहरु सहभागिता जनाउनेछन् । विभागिय टोलीबाहेक सबैको आवास र यातायात खर्च आयोजकले बेहोर्ने आयोजक लगनखेल डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक महर्जनलेब बताए । प्रतियोगिता संचालनका झण्डै ४७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको टिम च्याम्पियनले १ लाख तथा दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले समान १५ हजार रुपैयाँ पाउनेछन् । हाम्रो खेलकुद डटकमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.