4 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठले १९ औं एसियाली खेलकुद नखेल्ने भएका छन् । एसियाड सेप्टेम्बर १० देखि २५ सम्म चीनको हान्झाउमा हुँदैछ ।

एसियाली खेलकुदको प्रारम्भिक छनोटका रुपमा रहेको प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा भाग नलिएपछि उनले एसियाड खेल्ने छैनन् । मण्डेले दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा एकल र टिम काता दुवैमा स्वर्ण पदक जितेका थिए । एउटै सागमा दोहोरो स्वर्ण पदक जित्ने उनी करातेका एक्लो खेलाडी हुन् ।
राष्ट्रिय प्रतियोगितामा उनी नेपाल पुलिस क्लबको काता प्रशिक्षकका रुपमा सहभागी छन् । १३ औं सागमा करातेको टिम काताका मण्डेका सहकर्मी महसुस मुक्तानले पहिलो दिन एकल कातामा स्वर्ण पदक जितेका थिए । उनले उपयुक्त समयमा सन्यास लिने बताएका छन् । मेरो लक्ष्य भनेको सागमा स्वर्ण पदक जित्ने थियो । दोहोरो स्वर्ण पदक जिते । त्यसका लागि लागि मैले निकै लामो प्रतीक्षा गर्नु परेको थियो, मण्डेले भने, अब नयाँ खेलाडीलाई आफ्नो अनुभव बाड्ने छु । उपयुक्त समय आएपछि सन्यासको घोषणा गर्नेछु । अबको दिनमा प्रशिक्षणमा लाग्नेछु ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।
महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।