3 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी निर्मला तामाङले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला एकल कातामा स्वर्ण पदक जितेकी छिन् । पुरुषतर्फ पनि पुलिसकी महसुस मोक्तानले स्वर्ण पदक जितेका थिए ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन निर्मलाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी संगिता मगरलाई पराजित गरेकी थिइन् । फाइनलमा निर्मलाले २४.८ अंक र संगिताले २४.६ अंक जोडेकी थिइन् । निर्मला र संगिता दुवै दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम काताका स्वर्ण पदक विजेता टोलीका सदस्य हुन् ।
एपिएफकी सरिता श्रेष्ठ र प्रदेश नम्बर १ की प्रतीक्षा पाख्रिनले कास्य पदक जितेका छन् । तेस्रो स्थानका लागि भएको खेलमा सरिताले गण्डकी प्रदेशकी विमला नेपालीलाई र प्रतीक्षाले कर्णाली प्रदेशकी एलिसा राजकोटी मगरलाई हराएकी थिइन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।
तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]
December 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आइतवार भएको बिशेष अधिवेशन ( कंग्रेस) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् । एसियन प्यासिफिकमा सहभागी २८ राष्ट्रमा खसेको २३ १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र […]
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन स्पोर्टस एकेडेमीले सातौं टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ। गत वर्ष भारतको पश्चिम बंगालको कोलकातामा भएको च्याम्पियनसिपमा न्युजेनका ७ खेलाडीले स्वर्ण पदक जितेका थिए। सम्मानित हुनेमा निजानन्द थापा, युस्मा स्याङतान, आयुष्मा चन्द, सम्राट सिंह,सक्षम दुलाल, श्रृष्टि स्याङ्बो र रक्षा मगरले स्वर्ण पदक जितेका थिए। उनीहरूका […]