default_image

4 years ago

April 7, 2022

टिम कातामा पुलिस र एपिएफलाई स्वर्ण

444 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला टिम कातामा १३ औ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सरू कार्की र निर्मला तामाङ सम्मिलित नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ ।

सरू, निर्मला र १३ औं सागकै एकल काताकी रजत पदक विजेता चञ्चला दनुवारको टिमले त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै पहिलो स्थान प्राप्त गरेको हो । निर्मला दुई स्वर्ण जित्न सफल रहिन्। त्यसअघि उनले एकल कातामा स्वर्ण पदक जितेकी थिइन् ।

पुलिसले जारी प्रतियोगिताको कातातर्फ ४ मध्ये ३ स्वर्ण जितेको छ। पुरुष एकल कातामा भने पुलिसका महसुस मोक्तानले स्वर्ण पदक जितेका थिए । महिला टिम कातामा प्रदेश एक र वाग्मती प्रदेशले कास्य पदक प्राप्त गर्यो।

टिम काताको पुरूषतर्फ प्रतिस्पर्धात्मक फाइनलमा त्रिभुवन आर्मी क्लबलाई मात्र शुन्य दशमलव दुई अंकले माथ दिदै एपिएफले स्वर्ण पदक जितेको छ । टिम एपिएफका अनिल चौधरी, स्वर्णिम मान्नधर र युवराज सिंहको टिमले २५ दशमलव दुई र आर्मीले २५ अंक जोड्यो । १३ औ सागका टिम काताको स्वर्ण विजेता प्रविण मानन्धर सहित जवारी लाख खत्री र विनय लिम्बुको आर्मी दोस्रो भयो । पुलिस र प्रदेश एकले संयुक्तरुपमा कास्य पदक प्राप्त गरे ।

प्रतियोगिताको कातातर्फको सबै स्पर्धा सकिएको छ। जहाँ तीन स्वर्ण सहित प्रहरी अब्बल रहयो। एपिएफले एक स्वर्ण जित्यो। विभागीय टिम आर्मी भने स्वर्ण बिहिन बनेको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.