default_image

4 years ago

April 7, 2022

रोजन च्याम्पियन, साग पदकधारी दिवस पराजित

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ८४ केजी मूनिको तौल समूहमा प्रदेश एकका रोजन खड्का च्याम्पियन बनेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठ समावेश भएको तौल समूहमा रोजनले विभागिय खेलाडीको दबदबालाई तोडेका छन् ।

प्रतिस्पर्धात्मक फाइनलमा रोजनले त्रिभुवन आर्मी क्लबका सरेश जाप्रेललाई पराजित गरेका थिए । ३ मिनेटको बाउटमा ६–६ को बराबरी भएको थियो । बढी फाउलका आधारमा सुरेशले रजत पदकमा चित्त बुझाउनु परेको थियो । उनले २ फाउल गरेका थिए ।

त्यसअघि सेमिफाइनलमा सुरेशले पुलिसका दिवसलाई २–० ले हराएका थिए । दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा दिवसले रजत पदक जितेका थिए । सुरेशसँगको खेल गुमाए लगत्तै दिवस अष्ट्रेलियन ओपनमा भाग लिनका लागि सातदोबाटोस्थित कराते हलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल गएका थिए ।

दिवस र रोजनले सेमिफाइनलमा हराएका एपिएफका प्रकाश खड्काले कास्य पदक प्राप्त गरे । प्रतियोगिताको पहिलो दिन कातातर्फका खेल सम्पन्न भएका छन् । महिला एकल, पुरुष एकल र महिला टिम कातामा नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्यो । पुरुष टिम कातामा भने एपिएफले स्वर्ण पदक जितेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.