default_image

4 years ago

April 8, 2022

१३ औं सागका स्वर्णधारी बिप्लव च्याम्पियन

451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबका बिप्लवलाल श्रेष्ठ प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ८४ केजीमाथिको तौल च्याम्पियन बनेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार बिप्लवले बागमती प्रदेशका आशिष थापालाई ६–२ ले हराउँदै स्वर्ण पदक जितेका हुन् । दुई वर्षअघि स्वदेशमै भएको १३ औं सागमा बिप्लवले ८४ केजी माथीकै तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

रजत पदकमा सिमित भएका आशिषले सानदार प्रदर्शनका साथ फाइनल यात्रा तय गरेका थिए । एपिएफका दिगम्बरप्रसाद पन्दलाई हराउँदै आशिषले सेमिफाइनल यात्रा तय गरेका थिए । १०–९ ले पछि परेको अवस्थामा अन्तिम सेकेन्डमा स्कोर गर्दै आशिष अघि बढेका थिए । अन्त्यमा स्कोर बराबरी हुँदा पहिला स्कोर गरेको आधारमा आशिष अन्तिम चारमा पुगेका थिए । अर्को खेलमा सागर राउतलाई १३–६ ले हराउँदै आशिषले बिप्लवसँगको भेट पक्का गरेका थिए ।

पहिलो खेलमा गण्डकी प्रदेशका किरण महतोलाई ५–० ले हराएका बिप्लबले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबका विपिनराज सिंह दर्जीलाई ९–६ ले पराजित गरेका थिए । बिप्लवको जिपछि जारी प्रतियोगितामा पुलिसको स्वर्ण पदक संख्या ४ पुगेको छ । त्यस्तै एपिएफ, प्रदेश १ र आर्मीले समान १ स्वर्ण पदक जितेका छन् । १३ औं सागकी स्वर्ण पदक विजेता कुसुम खड्काले प्रतियोगिताको ४५ केजी तौल समूहमा स्वर्ण पदक जित्दै स्वर्ण पदकमा आर्मीको खाता खोलेकी थिइन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।

महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.