default_image

4 years ago

April 8, 2022

गंगारामको जित, पुलिसको ५ स्वर्ण पुग्यो

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता गंगाराम कुसुवाले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार गंगाराम बागमती प्रदेशका रोशन बलामीलाई १२–४ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । दुई वर्ष अघि १३ औं सागको ७५ केजीमा रजत जितेका गंगारामले शुक्रबार पहिलो खेलमा प्रदेश १ का नविन राईलाई १३–५, गण्डकीका विशाल थापामगरलाई १४–६ ले र सेमिफाइनलमा एपिएफका मोहम्मद शेख आलमलाई ९–१ ले हराएका थिए । सबै चार खेलमा गंगारामले विपक्षीलाई नकआउट गरेका थिए ।

जारी प्रतियोगितामा पुलिसको यो पाँचौं स्वर्ण पदक हो । शुक्रबार नै ७८ केजी माथिको तौल समूहमा बिप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका थिए । पुलिसले पहिलो दिन ३ स्वर्ण पदक जितेको थियो । रजत पदक जितेका रोशनले मधेश प्रदेशका उद्धव भारती, त्रिभुवन आर्मीका निकेश मानन्धरलाई ९–३ र सेमिफाइनलमा लुम्बिनी प्रदेशका कृष्ण विष्टलाई १८–८ ले नकआउट गरेका थिए ।

१७ मध्ये अहिले सम्म ९ स्वर्ण पदकको टुंगो लाग्दा पुलिसले ५, त्रिभुवन आर्मी क्लबले २ तथा एपिएफ र प्रदेश १ ले समान १ स्वर्ण पदक जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.