4 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता एपिएफकी अनुपमा मगरले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् ।
ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार त्रिभुवन आर्मी क्लबको सनी तामाङलाई १०–६ ले हराउँदै च्याम्पियन बनेकी थिइन् । दुई वर्षअघि स्वदेशमा भएको सागमा अनुपमाले स्वर्ण पदक जितेकी थिइन् । जारी प्रतियोगितामा एपिएफको स्वर्ण संख्या दुई पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिसले ५ र आर्मीले २ र प्रदेश १ ले एक स्वर्ण पदक जितेको छ ।
अनुपमाले पहिलो खेलमा मधेश प्रदेशी परिना शाही ठकुरीलाई १२–७ ले र सेमिफाइन्लमा पुलिसकी एरिका गुरुङलाई ७–६ ले हराएकी थिइन् । अन्तिम सेकेन्डमा १ अंक जोड्दै अनुपमाले फाइनल यात्रा तय गरेकी थिइन् । रजत विजेता सनीले पहिलो खेलमा लुम्बिनीकी प्रतीक्षा रानालाई ९–० र सेमिफाइनलमा बागमतीकी सानिया मोक्तानलाई २–० ले हराएकी थिइन् । एरिका र सानियाले कास्य पदक प्राप्त गरे ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।
महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।