4 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशका सन्तोष श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।
ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार विभागिय टोलीको दबदबाकाबीच सन्तोषले बागमतीका लागि पहिलो स्वर्ण पदक जितेका हुन् । सन्तोषले फाइनलमा सुदूरपश्चिमका रोशन भाटलाई १०–२ ले हराएका हुन् ।
विवेक थापालाई पहिलो खेलमा ८–० ले हराएका सन्तोषले सेमिफाइनलमा मधेश प्रदेशका सरोज पासवालनलाई ६–५ ले पराजित गरे । नेपाल पुलिस क्लबका राजीव पुडासैनीबाट वाकओभर पाएका हराएका रजत पदक विजेता रोशनले सेमिफाइनलमा लुम्बिनी प्रदेशका सनमराज घर्तिमगरलाई ११–६ हराएका थिए । सनमराज र सरोजले कास्य पदक प्राप्त गरेका छन् ।
१७ वटा इभेन्टमा अहिले सम्म ११ वटा स्वर्ण पदकको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ५, आर्मी र एपिएफले समान २ तथा प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।
शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।