default_image

2 years ago

April 8, 2022

निरुपा च्याम्पियन , साग स्वर्णधारी सुनिता पराजित

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी निरुपा तामाङले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् । सो तौल समूहमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सुनिता महर्जन भने सेमिफाइनलमा पराजित भएकी छन् । सुनितालाई सेमिफाइनल पराजित गर्दै अघि बढेकी एपिएफकी डाएना ओझाले […]

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी निरुपा तामाङले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् । सो तौल समूहमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सुनिता महर्जन भने सेमिफाइनलमा पराजित भएकी छन् ।

सुनितालाई सेमिफाइनल पराजित गर्दै अघि बढेकी एपिएफकी डाएना ओझाले फाइनलमा भने निरुपासँग हार बेहोर्नुपरेको थियो । निरुपाले डाएनालाई ८–६ ले हराएकी थिइन् । त्यसअघि डाएनाले सेमिफाइनलमा सुनितालाई प्रतिस्पर्धात्मक खेलमा १२–११ ले हराएकी थिइन् ।

दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा स्वर्ण पदक जितेकी सुनिताले पहिलो खेलमा गण्डकी देबयाणी डाँगीलाई ८–० ले हराएकी थिइन् । डाएनाले सुनितालाई भन्दा अघि सुदूरपश्चिम प्रदेशकी सम्झना तिरुवालाई पराजित गरेकी थिइन् । स्वर्ण पदक जितेकी निरुपाले पहिलो खेलमा प्रदेश १ की युमासाम राईलाई, क्वार्टरफाइनलमा लुम्बिनी प्रदेशकी गिता पुवा मगर र सेमिफाइनलमा बागमतीकी श्रद्धा थापालाई ९–७ ले हराइकी थिइन् । सो समूहमा सुनिता र श्रद्धाले कास्य पदक प्राप्त गरेका छन् ।

निरुपाको जितसँग आर्मीको स्वर्ण पदक संख्या ३ पुगेको छ । प्रतियोगिताको दोस्रो दिनको समाप्तीमा पुलिसले सर्वाधिक ६ स्वर्ण, आर्मीले ३, एपिएफले २ तथा प्रदेश १ र बागमतीले समान १ स्वर्ण पदक जितेका छन् । पहिलो दिन ५ र दोस्रो दिन ८ स्वर्ण पदकको छिनोफानो भएको थियो । तेस्रो तथा अन्तिम दिन ४ तौल समूहका खेल हुनेछन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।

महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।

प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०७८

महिल एकल काता

प्रथम– निर्मला तामाङ,नेपाल प्रहरी

द्वितीय – संगिता मगर,नेपाली सेना

तृतीय – सरिता श्रेष्ठ,एपिएफ

तृतीय – प्रतीक्षा पाख्रिन, प्रदेश नं १

महिला टिम काता

प्रथम नेपाल (प्रहरी)– १ चचला दनुवार २. सरु कार्की ३. निर्मला तामाङ

द्वितीय (नेपाली सेना)– १. सरिता मगर २. रिना श्रेष्ठ ३. शुभद्रा रम्तेल

तृतीय (प्रदेश नं. १) – १.सबना राई, २. इन्द्र माया तामाङ ३. रिया राई

तृतीय (बागमती प्रदेश)– १.सन्जु देशार २. नानु शाक्य ३. श्रृजना महत्तरा

४५ के जी. महिला कुमुते

प्रथम – कुसुम खड्का,नेपाली सेना

द्वितीय – पर्सिया चौधरी,मधेश प्रदेश

तृतीय – दिपा लामा,एपिएफ

तृतीय– निशा थापा, सुदूरपश्चिम प्रदेश

५० के. जी. महिला कुमुते

प्रथम – मिस्ली श्रेष्ठ ,नेपाली सेना

द्वितीय – अनिता पुन मगर, लुम्बिनी प्रदेश

तृतीय – सोनु श्रेष्ठ, बागमती प्रदेश

तृतीय – एलिना विक, एपिएफ

५५ केजी महिला कुमुते

प्रथम – सोनी राई,नेपाल पुलिस

द्वितीय – विद्या कला राई, प्रदेश १

तृतीय – गिता विक., लुम्बिनी प्रदेश

तृतीय – मनिषा चौधरी, एपिएफ.

–६८ केजी महिला कुमुते

प्रथम – निरुपा तामाङ, नेपाली सेना

द्वितीय –दायना ओझा,एपिएफ

तृतीय – सुनिता महर्जन, नेपाल प्रहरी

तृतीय – श्रद्दा थापा,बागमती प्रदेश

+६८ के जी महिला कुमुते

प्रथम –अनुपमा मगर,एपिएफ

द्वितीय – सनि तामाङ ,नेपाली सेना

तृतीय – सोनिया मोक्तान,बागमती प्रदेश

तृतीय – एरिका गुरुङ, नेपाल प्रहरी

पुरुष एकल काता
प्रथम – महसुस मोक्तान, नेपाल प्रहरी

द्वितीय – स्वर्णिम मानन्धर,एपिएफ

तृतीय – प्रविण मानन्धर,नेपाली सेना

तृतीय – रोहित राई, प्रदेश नं. १

पुरुष टिम काता

प्रथम ( एपिएफ)– १. अनिल चौधरी २. स्वर्णिम मानन्धर ३. युवराज सिंह

द्वितीय (नेपाली सेना)– १. जवारी लाख खत्री २. प्रविण मानन्धर ३. विनय लिम्बु

तृतीय ( नेपाल प्रहरी)– १.महसुस मोक्तान,२. जगत सिंह धामी ३. फुर्तेन तामाङ

तृतीय (प्रदेश नं. १) – १.रोहित राई २. विवेक राई ३. अशेष मगर

६० के.जी पुरुष कुमुते

प्रथम– सन्तोष श्रेष्ठ,बागमती प्रदेश

द्वितीय– रोशन भट,सुदूरपश्चिम

तृतीय – सोनम राम घर्ती अगर,लुम्बिनी प्रदेश

तृतीय – सरोज पासवान,मधेश प्रदेश

७५ के.जी पुरुष कुमुते

प्रथम– गंगा राम कुसुवार,नेपाल प्रहरी

द्वितीय– रोशन बलामी, बागमती प्रदेश

तृतीय – कृष्ण बिष्ट,लुम्बिनी प्रदेश

तृतीय – मोहम्मद सेख आलम,एपिएफ

– ८४ के.जी. पुरुष कुमुते

प्रथम – राजन खड्का,प्रदेश नं १

द्वितीय– सुरेश जप्रेल,नेपाली सेना

तृतीय– दिवस श्रेष्ठ,नेपाल प्रहरी

तृतीय – प्रकाश खड्का,एपिएफ

+८४ के. जी. पुरुष कुमुते

प्रथम – बिप्लव श्रेष्ठ,नेपाल प्रहरी

द्वितीय – आशिष थापा,बागमती प्रदेश

तृतीय – सागर राउत,प्रदेश नं. १

तृतीय – बिपेन राज सिं दोर्जी, नेपाली सेना

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 22, 2024

मुवाँथाईका गुणराजलाई स्पोर्टस युनिभर्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् । गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा […]

April 20, 2024

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको थियो। शनिबार दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका छन् । त्यस्तै परि घर्तीमगर,अर्जुन क्षेत्री र सिनियर ८७ केजी माथि दीपिका अछाजुले रजत पदक जितेका हुन् । दिक्षाले ४४ केजी मुनिको तौल समूह र […]

Success

Thank you for your time.