4 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राईलाई हराउँदै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदक जितेकी छिन् ।
ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार फाइनलमा शान्ताले एस्तरलाई १३–३ ले नकआउट गर्दै पहिलो स्थान प्राप्त गरेकी थिइन् । रजत पदक विजेता एस्तरले सेमिफाइनलमा बागमती प्रदेशकी रमिता माझीलाई १५–७ र शान्ताले मधेश प्रदेशकी सविना मगरलाई ३–२ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । इस्तर र शान्ता दुवै अन्तिम १६ बाट अघि बढेका थिए ।
एस्तरले पहिलो खेलमा सुदूरपश्चिमकी सिता एसकेलाई ८–० ले र क्वार्टरफाइनलमा लुम्बिनी प्रदेशकी रविता घर्तिलाई ९–१ ले हराएकी थिइन् । त्यस्तै पहिलो खेलमा प्रदेश १ की सिम्रन मगरलाई ९–३ ले हराएकी शान्ताले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबकी सम्झना पौडेललाई ८–२ ले हराएकी थिइन् । उक्त समूहमा रमिता र सविनाले कास्य पदक जितेका छन् ।
शनिबारको पहिलो खेलमा एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । अहिले सम्म १७ मध्ये १५ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमा पुलिसले सर्वाधिक ६, आर्मी ४, एपिएफले ३ तथा प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।
महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुँदैछ ।
प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०७८
महिल एकल काता
प्रथम– निर्मला तामाङ,नेपाल प्रहरी
द्वितीय – संगिता मगर,नेपाली सेना
तृतीय – सरिता श्रेष्ठ,एपिएफ
तृतीय – प्रतीक्षा पाख्रिन, प्रदेश नं १
महिला टिम काता
प्रथम नेपाल (प्रहरी)– १ चचला दनुवार २. सरु कार्की ३. निर्मला तामाङ
द्वितीय (नेपाली सेना)– १. सरिता मगर २. रिना श्रेष्ठ ३. शुभद्रा रम्तेल
तृतीय (प्रदेश नं. १) – १.सबना राई, २. इन्द्र माया तामाङ ३. रिया राई
तृतीय (बागमती प्रदेश)– १.सन्जु देशार २. नानु शाक्य ३. श्रृजना महत्तरा
४५ के जी. महिला कुमुते
प्रथम – कुसुम खड्का,नेपाली सेना
द्वितीय – पर्सिया चौधरी,मधेश प्रदेश
तृतीय – दिपा लामा,एपिएफ
तृतीय– निशा थापा, सुदूरपश्चिम प्रदेश
५० के. जी. महिला कुमुते
प्रथम – मिस्ली श्रेष्ठ ,नेपाली सेना
द्वितीय – अनिता पुन मगर, लुम्बिनी प्रदेश
तृतीय – सोनु श्रेष्ठ, बागमती प्रदेश
तृतीय – एलिना विक, एपिएफ
५५ केजी महिला कुमुते
प्रथम – सोनी राई,नेपाल पुलिस
द्वितीय – विद्या कला राई, प्रदेश १
तृतीय – गिता विक., लुम्बिनी प्रदेश
तृतीय – मनिषा चौधरी, एपिएफ
६१ केजी महिला कुमुते
प्रथम – शान्ता श्रेष्ठ, आर्मी
द्वितिय – एस्तर राई, एपिएफ
तृतिय – सविना मगर,मधेश प्रेदश
तृतिय – रमिता माझी, बागमती
–६८ केजी महिला कुमुते
प्रथम – निरुपा तामाङ, नेपाली सेना
द्वितीय –दायना ओझा,एपिएफ
तृतीय – सुनिता महर्जन, नेपाल प्रहरी
तृतीय – श्रद्दा थापा,बागमती प्रदेश
+६८ के जी महिला कुमुते
प्रथम –अनुपमा मगर,एपिएफ
द्वितीय – सनि तामाङ ,नेपाली सेना
तृतीय – सोनिया मोक्तान,बागमती प्रदेश
तृतीय – एरिका गुरुङ, नेपाल प्रहरी
पुरुष एकल काता
प्रथम – महसुस मोक्तान, नेपाल प्रहरी
द्वितीय – स्वर्णिम मानन्धर,एपिएफ
तृतीय – प्रविण मानन्धर,नेपाली सेना
तृतीय – रोहित राई, प्रदेश नं. १
पुरुष टिम काता
प्रथम ( एपिएफ)– १. अनिल चौधरी २. स्वर्णिम मानन्धर ३. युवराज सिंह
द्वितीय (नेपाली सेना)– १. जवारी लाख खत्री २. प्रविण मानन्धर ३. विनय लिम्बु
तृतीय ( नेपाल प्रहरी)– १.महसुस मोक्तान,२. जगत सिंह धामी ३. फुर्तेन तामाङ
तृतीय (प्रदेश नं. १) – १.रोहित राई २. विवेक राई ३. अशेष मगर
६० के.जी पुरुष कुमुते
प्रथम– सन्तोष श्रेष्ठ,बागमती प्रदेश
द्वितीय– रोशन भट,सुदूरपश्चिम
तृतीय – सोनम राम घर्ती अगर,लुम्बिनी प्रदेश
तृतीय – सरोज पासवान,मधेश प्रदेश
७५ के.जी पुरुष कुमुते
प्रथम– गंगा राम कुसुवार,नेपाल प्रहरी
द्वितीय– रोशन बलामी, बागमती प्रदेश
तृतीय – कृष्ण बिष्ट,लुम्बिनी प्रदेश
तृतीय – मोहम्मद सेख आलम,एपिएफ
– ८४ के.जी. पुरुष कुमुते
प्रथम – राजन खड्का,प्रदेश नं १
द्वितीय– सुरेश जप्रेल,नेपाली सेना
तृतीय– दिवस श्रेष्ठ,नेपाल प्रहरी
तृतीय – प्रकाश खड्का,एपिएफ
+८४ के. जी. पुरुष कुमुते
प्रथम – बिप्लव श्रेष्ठ,नेपाल प्रहरी
द्वितीय – आशिष थापा,बागमती प्रदेश
तृतीय – सागर राउत,प्रदेश नं. १
तृतीय – बिपेन राज सिं दोर्जी, नेपाली सेना
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।