4 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका साजन मोक्तानले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् ।
त्यसअघि सेमिफाइनलमा साजनले सुदूरपश्चिम प्रदेशका टपेन्द्र ठकुराठीलाई ८–० ले नकआउट गरेका थिए । त्यस्तै अर्को सेमिफाइनलमा बागमती प्रदेशका अनिल उपकोटीसँग ५–५ को बराबरीपछि पहिलो अंक जोडेका आधारमा वीरबहादुर विजयी भएका थिए । त्यसअघि साजनले पहिलो खेलमा गण्डकी प्रदेशका बुद्ध लामालाई ५–४ ले र क्वार्टरफाइनलमा लुम्बिनीका मनोज पुन मगरलाई ९–१ पराजित गरेका थिए । वीरबहादुरले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबका विजय रिमाललाई १० –६ ले हराएका थिए । सो समूहमा टपेन्द्र र अनिलले कास्य पदक प्राप्त गरेका छन् ।
अन्तिम दिन नविन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३ –३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जितेकी थिइन् । शनिबारको पहिलो खेलमा एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । १७ इभेन्टमा पुलिसले सर्वाधिक ८, आर्मी ४, एपिएफले ३ तथा प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागी थिए ।
तीन दिन सम्म चलेको प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।
प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०७८
महिल एकल काता
प्रथम– निर्मला तामाङ,नेपाल प्रहरी
द्वितीय – संगिता मगर,नेपाली सेना
तृतीय – सरिता श्रेष्ठ,एपिएफ
तृतीय – प्रतीक्षा पाख्रिन, प्रदेश नं १
महिला टिम काता
प्रथम नेपाल (प्रहरी)– १ चचला दनुवार २. सरु कार्की ३. निर्मला तामाङ
द्वितीय (नेपाली सेना)– १. सरिता मगर २. रिना श्रेष्ठ ३. शुभद्रा रम्तेल
तृतीय (प्रदेश नं. १) – १.सबना राई, २. इन्द्र माया तामाङ ३. रिया राई
तृतीय (बागमती प्रदेश)– १.सन्जु देशार २. नानु शाक्य ३. श्रृजना महत्तरा
४५ के जी. महिला कुमुते
प्रथम – कुसुम खड्का,नेपाली सेना
द्वितीय – पर्सिया चौधरी,मधेश प्रदेश
तृतीय – दिपा लामा,एपिएफ
तृतीय– निशा थापा, सुदूरपश्चिम प्रदेश
५० के. जी. महिला कुमुते
प्रथम – मिस्ली श्रेष्ठ ,नेपाली सेना
द्वितीय – अनिता पुन मगर, लुम्बिनी प्रदेश
तृतीय – सोनु श्रेष्ठ, बागमती प्रदेश
तृतीय – एलिना विक, एपिएफ
५५ केजी महिला कुमुते
प्रथम – सोनी राई,नेपाल पुलिस
द्वितीय – विद्या कला राई, प्रदेश १
तृतीय – गिता विक., लुम्बिनी प्रदेश
तृतीय – मनिषा चौधरी, एपिएफ
६१ केजी महिला कुमुते
प्रथम – शान्ता श्रेष्ठ, आर्मी
द्वितिय – एस्तर राई, एपिएफ
तृतिय – सविना मगर,मधेश प्रेदश
तृतिय – रमिता माझी, बागमती
–६८ केजी महिला कुमुते
प्रथम – निरुपा तामाङ, नेपाली सेना
द्वितीय –दायना ओझा,एपिएफ
तृतीय – सुनिता महर्जन, नेपाल प्रहरी
तृतीय – श्रद्दा थापा,बागमती प्रदेश
+६८ के जी महिला कुमुते
प्रथम –अनुपमा मगर,एपिएफ
द्वितीय – सनि तामाङ ,नेपाली सेना
तृतीय – सोनिया मोक्तान,बागमती प्रदेश
तृतीय – एरिका गुरुङ, नेपाल प्रहरी
पुरुष एकल काता
प्रथम – महसुस मोक्तान, नेपाल प्रहरी
द्वितीय – स्वर्णिम मानन्धर,एपिएफ
तृतीय – प्रविण मानन्धर,नेपाली सेना
तृतीय – रोहित राई, प्रदेश नं. १
पुरुष टिम काता
प्रथम ( एपिएफ)– १. अनिल चौधरी २. स्वर्णिम मानन्धर ३. युवराज सिंह
द्वितीय (नेपाली सेना)– १. जवारी लाख खत्री २. प्रविण मानन्धर ३. विनय लिम्बु
तृतीय ( नेपाल प्रहरी)– १.महसुस मोक्तान,२. जगत सिंह धामी ३. फुर्तेन तामाङ
तृतीय (प्रदेश नं. १) – १.रोहित राई २. विवेक राई ३. अशेष मगर
५० केजी पुरुष कुमुते
प्रथम – साजन मोक्तान, नेपाल प्रहरी
द्वितिय – वीरबहादुर तामाङ, एपिए
तृतिय – टपेन्द्र ठकुराठी, सुदूरपश्चिम
तृतिय – अनिल उपकोटी, बागमती
६० के.जी पुरुष कुमुते
प्रथम– सन्तोष श्रेष्ठ,बागमती प्रदेश
द्वितीय– रोशन भट,सुदूरपश्चिम
तृतीय – सोनम राम घर्ती अगर,लुम्बिनी प्रदेश
तृतीय – सरोज पासवान,मधेश प्रदेश
६७ केजी पुरुष कुमुते
प्रथम – नवीन रसाइली, नेपाल प्रहरी
द्वितिय – सुवास घतानी, एपिएफ
तृतिय – स्वदेश बुढामगर, लुम्बिनी
तृतिय – निमा शेर्पा, बागमती
७५ के.जी पुरुष कुमुते
प्रथम– गंगा राम कुसुवार,नेपाल प्रहरी
द्वितीय– रोशन बलामी, बागमती प्रदेश
तृतीय – कृष्ण बिष्ट,लुम्बिनी प्रदेश
तृतीय – मोहम्मद सेख आलम,एपिएफ
– ८४ के.जी. पुरुष कुमुते
प्रथम – राजन खड्का,प्रदेश नं १
द्वितीय– सुरेश जप्रेल,नेपाली सेना
तृतीय– दिवस श्रेष्ठ,नेपाल प्रहरी
तृतीय – प्रकाश खड्का,एपिएफ
+८४ के. जी. पुरुष कुमुते
प्रथम – बिप्लव श्रेष्ठ,नेपाल प्रहरी
द्वितीय – आशिष थापा,बागमती प्रदेश
तृतीय – सागर राउत,प्रदेश नं. १
तृतीय – बिपेन राज सिं दोर्जी, नेपाली सेना
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।