default_image

4 years ago

April 9, 2022

कुसुम र रोजन सर्वोत्कृष्ट

678 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता कुसुम खड्का र प्रदेश १ का रोजन खड्का प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

त्रिभुवन आर्मी क्लबकी कुसुम प्रतियोगिताको ४५ केजी महिला कुमुतेमा च्याम्पियन बनेकी थिइन् । कुसुमले मधेश प्रदेशकी प्रोसिया चौधरीलाई पराजित गरेकी थिइन् । फाइनलमा कुसुमले प्रोसियालाई १०–५ ले हराएकी थिइन् । कुसुमले क्वार्टरफाइनलमा गण्डकीकी उशा शर्मालाई ९–१ ले र सेमिफाइनलमा निशालाई १०–१ ले हराएकी थिइन् ।

पुरुषतर्फका सर्वोत्कृष्ट रोजनले ८४ केजी मूनिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनी पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । रोजन च्याम्पियन बनेको इभेन्ट्समा सागका रजत पदक विजेता दिवस श्रेष्ठ सेमिफाइनलमा नै पराजित भएका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठ समावेश भएको तौल समूहमा रोजनले विभागिय खेलाडीको दबदबालाई तोडेका छन् । रोजनले त्रिभुवन आर्मी क्लबका सरेश जाप्रेललाई पराजित गरेका थिए । ३ मिनेटको बाउटमा ६–६ को बराबरी भएको थियो । रोजनले खेलमा पहिलो अंक जोडेपछि (सेन्शु) सुरेशले रजत पदकमा चित्त बुझाउनु परेको थियो । उनले २ फाउल गरेका थिए ।

कर्णालीकी एसिला रासकोटी मगर उदीयमान खेलाडी घोषित भइन् । कातातर्फ एकल र टिम तथा कुमुते तीनै इभेन्टमा उनले भाग लिएकी थिइन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

सम्पन्न प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, क्लासिक डायमण्ड र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.