default_image

2 years ago

April 9, 2022

८ स्वर्णसहित पुलिस टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कास्य पदक जितेको छ । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब […]

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कास्य पदक जितेको छ । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा ३ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ एपिएफ तेस्रो भएको छ ।

१ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ बागमती चौथो, १ स्वर्ण, १ रजत र ५ कास्य पदकका साथ प्रदेश १ पाँचौं बनेको छ । त्यस्तै १ रजत र ४ कास्यका साथ लुम्बिनी छैटौं, १ रजत र ३ कास्य पदक जित्दै सुदूरपश्चिम सातौं र १ रजत र २ कास्य पदकका साथ मधेश प्रदेश आठौं बनेको छ । पदक विहिन गण्डकी र कर्णाली संयुक्त रुपमा नवौं स्थानमा रहे ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता समेत रहेकी कुसुम खड्का र प्रदेश १ का रोजन खड्का प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । कुसुम प्रतियोगिताको ४५ केजी महिला कुमुते र रोजनले ८४ केजी मूनिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । कर्णालीकी एसिला रासकोटी मगर । कातातर्फ एकल, टिम र कुमते तीनै इभेन्टमा भाग लिएकी थिइन् ।

अन्तिम दिन ४ इभेन्ट्को प्रतिस्पर्धा भएको थियो । पुरुष ५० केजी तौल समूहमा साजन मोक्तान च्याम्पियन बनेका छन् । उनले फाइनलमा एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै नविन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३ –३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जितेकी थिइन् । शनिबारको पहिलो खेलमा एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, क्लासिक डायमण्ड र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका थिए ।

प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०७८

महिल एकल काता

प्रथम– निर्मला तामाङ,नेपाल प्रहरी

द्वितीय – संगिता मगर,नेपाली सेना

तृतीय – सरिता श्रेष्ठ,एपिएफ

तृतीय – प्रतीक्षा पाख्रिन, प्रदेश नं १

महिला टिम काता

प्रथम नेपाल (प्रहरी)– १ चचला दनुवार २. सरु कार्की ३. निर्मला तामाङ

द्वितीय (नेपाली सेना)– १. सरिता मगर २. रिना श्रेष्ठ ३. शुभद्रा रम्तेल

तृतीय (प्रदेश नं. १) – १.सबना राई, २. इन्द्र माया तामाङ ३. रिया राई

तृतीय (बागमती प्रदेश)– १.सन्जु देशार २. नानु शाक्य ३. श्रृजना महत्तरा

४५ के जी. महिला कुमुते

प्रथम – कुसुम खड्का,नेपाली सेना

द्वितीय – पर्सिया चौधरी,मधेश प्रदेश

तृतीय – दिपा लामा,एपिएफ

तृतीय– निशा थापा, सुदूरपश्चिम प्रदेश

५० के. जी. महिला कुमुते

प्रथम – मिस्ली श्रेष्ठ ,नेपाली सेना

द्वितीय – अनिता पुन मगर, लुम्बिनी प्रदेश

तृतीय – सोनु श्रेष्ठ, बागमती प्रदेश

तृतीय – एलिना विक, एपिएफ

५५ केजी महिला कुमुते

प्रथम – सोनी राई,नेपाल पुलिस

द्वितीय – विद्या कला राई, प्रदेश १

तृतीय – गिता विक., लुम्बिनी प्रदेश

तृतीय – मनिषा चौधरी, एपिएफ

६१ केजी महिला कुमुते

प्रथम – शान्ता श्रेष्ठ, आर्मी

द्वितिय – एस्तर राई, एपिएफ

तृतिय – सविना मगर,मधेश प्रेदश

तृतिय – रमिता माझी, बागमती

–६८ केजी महिला कुमुते

प्रथम – निरुपा तामाङ, नेपाली सेना

द्वितीय –दायना ओझा,एपिएफ

तृतीय – सुनिता महर्जन, नेपाल प्रहरी

तृतीय – श्रद्दा थापा,बागमती प्रदेश

+६८ के जी महिला कुमुते

प्रथम –अनुपमा मगर,एपिएफ

द्वितीय – सनि तामाङ ,नेपाली सेना

तृतीय – सोनिया मोक्तान,बागमती प्रदेश

तृतीय – एरिका गुरुङ, नेपाल प्रहरी

पुरुष एकल काता
प्रथम – महसुस मोक्तान, नेपाल प्रहरी

द्वितीय – स्वर्णिम मानन्धर,एपिएफ

तृतीय – प्रविण मानन्धर,नेपाली सेना

तृतीय – रोहित राई, प्रदेश नं. १

पुरुष टिम काता

प्रथम ( एपिएफ)– १. अनिल चौधरी २. स्वर्णिम मानन्धर ३. युवराज सिंह

द्वितीय (नेपाली सेना)– १. जवारी लाख खत्री २. प्रविण मानन्धर ३. विनय लिम्बु

तृतीय ( नेपाल प्रहरी)– १.महसुस मोक्तान,२. जगत सिंह धामी ३. फुर्तेन तामाङ

तृतीय (प्रदेश नं. १) – १.रोहित राई २. विवेक राई ३. अशेष मगर

५० केजी पुरुष कुमुते

प्रथम – साजन मोक्तान, नेपाल प्रहरी

द्वितिय – वीरबहादुर तामाङ, एपिए

तृतिय – टपेन्द्र ठकुराठी, सुदूरपश्चिम

तृतिय – अनिल उपकोटी, बागमती

६० के.जी पुरुष कुमुते

प्रथम– सन्तोष श्रेष्ठ,बागमती प्रदेश

द्वितीय– रोशन भट,सुदूरपश्चिम

तृतीय – सोनम राम घर्ती अगर,लुम्बिनी प्रदेश

तृतीय – सरोज पासवान,मधेश प्रदेश

६७ केजी पुरुष कुमुते

प्रथम – नवीन रसाइली, नेपाल प्रहरी

द्वितिय – सुवास घतानी, एपिएफ

तृतिय – स्वदेश बुढामगर, लुम्बिनी

तृतिय – निमा शेर्पा, बागमती

७५ के.जी पुरुष कुमुते

प्रथम– गंगा राम कुसुवार,नेपाल प्रहरी

द्वितीय– रोशन बलामी, बागमती प्रदेश

तृतीय – कृष्ण बिष्ट,लुम्बिनी प्रदेश

तृतीय – मोहम्मद सेख आलम,एपिएफ

– ८४ के.जी. पुरुष कुमुते

प्रथम – राजन खड्का,प्रदेश नं १

द्वितीय– सुरेश जप्रेल,नेपाली सेना

तृतीय– दिवस श्रेष्ठ,नेपाल प्रहरी

तृतीय – प्रकाश खड्का,एपिएफ

+८४ के. जी. पुरुष कुमुते

प्रथम – बिप्लव श्रेष्ठ,नेपाल प्रहरी

द्वितीय – आशिष थापा,बागमती प्रदेश

तृतीय – सागर राउत,प्रदेश नं. १

तृतीय – बिपेन राज सिं दोर्जी, नेपाली सेना

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 22, 2024

मुवाँथाईका गुणराजलाई स्पोर्टस युनिभर्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् । गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा […]

April 20, 2024

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको थियो। शनिबार दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका छन् । त्यस्तै परि घर्तीमगर,अर्जुन क्षेत्री र सिनियर ८७ केजी माथि दीपिका अछाजुले रजत पदक जितेका हुन् । दिक्षाले ४४ केजी मुनिको तौल समूह र […]

Success

Thank you for your time.