3 years ago
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष ललितपुरका मीनकृष्ण महर्जनलाई प्रदेश शान पदकबाट सम्मानित गरेको छ ।

त्यस्तै प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी मकवानपुरका फुटबल खेलाडी समिराज थोकर पनि प्रदेश शानबाट सम्मानित भएका छन् । प्रदेशको राजधानी हेटौडामा बिहीबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले महर्जन र थोकरलाई सम्मान गरेका थिए ।
करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जन नेपाल कराते महासंघका पूर्व पदाधिकारी, कराते प्रशिक्षक र अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनले नेपाली काग्रेसको खेलकुद विभागको सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका थिए ।
खेलकुद र करातेका विभिन्न जिम्मेवारीमा रहँदै खेलकुद विकासमा आफ्नोतर्फबाट सक्दो प्रयासलाई प्रदेश सरकारले मुल्याङ्कन गरेकोमा महर्जनले प्रदेश सरकारलाई धन्यवाद दिए ।
‘सम्मानका लागि भनेर काम गरेको त होइन,’ उनले भने,‘ तर, आफूले गरेको कामलाई सरकारले कदर गर्दा गर्व महसुस हुने रहेछ । भविष्यमा पनि खेलकुद विकासका लागि आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछु ।’
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।